१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रंगशाला बन्दैछ, खुसी हुनु छैन, दुई दिन किन नाघ्यो भनेर सोध्छन् !’: प्रधानमन्त्री ओली

८ श्रावण २०८२, बुधबार १६:०९

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणमा भएको प्रगतिको प्रशंसा गर्नुको साटो सामान्य ढिलाइलाई लिएर अनावश्यक आलोचना भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

उनले विभिन्न प्रक्रियागत जटिलताका कारण काममा केही ढिलाइ भए पनि रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको बताए।

बुधबार संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले रंगशाला निर्माणको विषयलाई लिएर भइरहेको आलोचनाको प्रतिवाद गरकेा हुन्।

‘रंगशाला त बन्दै छ त ! तयार हुने स्थितिमा पुगिसक्यो। यसमा खुसी हुनु छैन, दुई दिन किन नाघ्यो भन्छन्,’ प्रधानमन्त्री ओलीले आक्रोशपूर्ण शैलीमा प्रश्न गरे, ‘दुई दिन लाग्न सक्छ।’

उनले रंगशाला निर्माणको कामलाई तीव्रता दिन आफूले ३०० दिनको समयसीमा तोकेको तर विभिन्न बाधाका कारण समयमै काम सुरु हुन नसकेको स्वीकार गरे।

‘मैले तीव्रताका लागि, छिटो होस् भन्नका लागि ३०० दिन भनेर तोकेको थिएँ,’ उनले भने, ‘तर हाम्रा प्रक्रियाका जटिलता, खरिद प्रक्रियाका जटिलता, भूमिका स्वामित्वका जटिलता आदि कारणले काम प्रारम्भ गर्नै पुससम्म लाग्यो।’

प्रधानमन्त्रीले काम सुरु गर्नै ५ महिना लागेको र वर्षाले पनि थप कठिनाइ बनाएको अवस्थामा केही ढिलाइ हुनु स्वाभाविक भएको तर्क गरे।

उनले सकारात्मक कामको पनि आलोचना गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै भने, ‘काम गरेकोमा जस दिन पनि कहिले कहिले यसो सिक्दाखेरि हुन्थ्यो। मानसिकतालाई अलिकति सकारात्मक बनाए पनि हुन्थ्यो।’

आफ्नो सरकार विकास निर्माणमा प्रतिबद्ध रहेको बताउँदै उनले प्रक्रियागत झन्झट र नकारात्मक सोचका बाबजुद पनि महत्त्वपूर्ण आयोजनाहरू अघि बढिरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव