2026-07-02 03:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच दिनपछि प्रदेश-२ मा निर्वाचन, किन गएनन् ओली ?

भदौ २८, काठमाडौं । असोज २ गते हुने तेश्रो चरणको निर्वाचन आउन अब मात्र ५ दिन बाँकी छ त्यसमा पनि ४८ घण्टे मौन अवधिमा सुरु भएपछी कुनै गतिबिधि वा कार्यक्रममा सहभागी हुन पाइन्न । अब भदौ २९ र ३० गते एमालेको खासै ठूला चुनावी कार्यक्रम छैनन् । 

एमालेका अध्यक्ष केपी ओली मधेस किन गएनन् भन्ने चर्चाले मधेसमा व्यापकता छाएको छ । कतिपयले यति महत्वपूर्ण समयमा केपी वली मधेस नजानुलाई अचम्म मानेका छन् भने केहिले भने मधेससँग ओली डराएको भन्नेसम्मका तर्क गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' बाढी पिडितलाई राहत वितरणसंगै बिभिन्न कार्यक्रममा सहभागी बन्दै मधेसमा तहल्का मच्चाईरहेको बेला एमालेको त्यति चर्चा छैन । त्यसमा पनि एमालेलाई एक पक्षमा राखेर उसको विपक्षमा मधेसवादीदेखि कांग्रेस-माओवादीसम्म लागि परेका छन् । 

संबिधान संसोधन प्रस्तावदेखि झन् एमालेप्रति मधेसको धारणा फरक परेको छ । सुरुवाती चरणमा एमालेलाई बढार्न भन्दै कुचो लिएर निस्किएको समाचार निकै भाइरल बनेको थियो तर निर्वाचनको मुखमा त्यस्ता गतिबिधि गर्न आचारसंहिताले नदिने भएपछी खुलमखुला एमाले बिरोधका घटना नभएपनि भित्री रुपमा एमालेलाई मधेसमा डर छ । यही डरको कारण एमाले अध्यक्ष केपी वली मधेस नगएको भन्ने कतिपयको धारणा छ । 

तर यस बिषयमा एमालेले भने फरक कुरा बताएको छ । एमालेको अनुसार ओलीनै जाने जस्ता भव्य कार्यक्रम नभएकाले ओली मधेस नगएका हुन् । एमालेले केहि समय अघि ओली सहित शिर्ष नेताहरु तेश्रो चरणको निर्वाचनमा जाने भन्ने निर्णय भएको थियो तर ओली आजसम्म मधेस नगई त्यहाँको जिम्मेवारी माधव नेपाल र इश्वर पोख्रेलले सम्हालेका छन् । पार्टीमा भोट बटुल्न जस्तोसुकै प्रयास पनि नछाड्ने एमाले त्यसमा पनि अध्यक्ष ओली मधेस नझार्नु ठूलो आमसभा नै मुख्य कारण नभएको कतिपयको बुझाई छ । 

एक जना एमाले नेताको अनुसार सत्ताधारी र मधेसवादीहरुले विभिन्न ठाउँमा अघोषित रुपमा एमालेविरुद्ध तालमेल गरेको भन्दै एमालेलाई मधेसमा सजिलो स्थिति नभएको स्वीकारेका छन् । एमालेले गाउँस्तरसम्म आफ्नो कार्यकर्तालाई परिचालन गरि भित्रभित्रै चुनावमा केन्द्रित भएकोले पनि ओलीनै डाक्नेगरि ठूलो कार्यक्रम गर्न सक्ने स्थिति तत्काल देखिन्न । त्यसमा पनि भित्रि कुरा के पनि हो भने ठूलो कार्यक्रम गर्दा एमालेलाई डर उत्तिकै छ कि कार्यक्रममा बिरोधिहरुले अवरोध गर्नेछन् भने एमालेले त्यसको सामाना गर्दा ठूलो झडप हुनेछ । यसरी झडप हुने स्थिति आए त्यसको असर एमालेलाई नै हुने देखिन्छ । 

एमालेले १ लाखभन्दा सानो मासमा ओलीको सहभागिता नहुने कुरालाई मधेश नझर्नुको कारण बताइएपनि वास्तविकता त्यसो नहुनसक्छ किनकी यस अघिको २ चरणको कार्यक्रम जहान ओलीको सहभागिता थियो, सबै ठाउँमा १ लाख भन्दा बढीको सहभागिता थिएन । यस बिषयले पनि ओली मधेस नझर्नुमा मधेशसँग डराएका छन् भन्नेहरुलाई बल मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट