2026-07-02 03:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव प्रचारको अन्तिम दिन शीर्ष नेता को-कहाँ सहभागी हुँदैछन ?

2017-09-15

भदौ ३०, काठमाडौं । स्थानीय तह तेस्रो चरण अन्तर्गत चुनाव प्रचार प्रसारको आज अन्तिम दिन । 

सबैजसो शीर्ष नेताहरू दुई नम्बर क्षेत्रमा खटिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा कलैया र वीरगन्जमा गएर चुनावी सभालाई सम्बोधन गर्दैछन् भने एमाले अध्यक्ष केपी ओली जीतपुर बारा र बर्दिबासको चुनावी सभालाई सम्बोधन गर्दैछन्। यस्तै माओवादी अध्यक्ष प्रचण्ड सर्लाहीको लालबन्धी र वीरगन्जको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ। 

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवः उपेन्द्र यादव शुक्रबार दिनभर सिरहाका स्थानीय तहका कार्यक्रममा सहभागी हुनेछन्। बिहान ८ बजे बन्दीपुरबाट सुरु भएको कार्यक्रम कल्याणपुरमा पुगेर साझ ६ बजे निर्वाचन कार्यक्रम समापन हुनेछ । यसबीचमा उनी ११ वटा चुनावी सभामा सहभागी हुनेछन्।

शरत्सिंह भण्डारी : पर्साको चुनावी प्रचारमा सहभागी हुनेछन्। उनी वीरगन्ज महानगरपालिकाका वडामा केन्द्रित कार्यक्रममा सहभागी हुने राजपा महामन्त्री केशव झाले जानकारी दिए।

महेन्द्र राय यादव: सर्लाहीका विभिन्न स्थानीय तहका कार्यक्रममा सहभागी हुने राजपा नेता उपेन्द्र महतोले जनाकारी दिए।

राजेन्द्र महतो : शुक्रबार बिहान धनुषा र राजविराजको कार्यक्रममा सहभागी भएर दिउँसो रौतहटको गौरमा व्यस्त हुनेछन्।

मनीष सुमन र केशव झा : महामन्त्री मनीष सुमन शुक्रबार सप्तरीको फकिरा, तोपा र कल्याणपुर गरी तीन स्थानीय तहका कार्यक्रममा सहभागी हुनेछन्। महामन्त्री केशव झा सप्तरीकै तिलाठी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिकामा सहभागी हुनेछन्।

अनिल झा : शुक्रबार बिहान जनकपुर उपमहानगरको कार्यक्रममा सहभागी भई दिउँसो रौतहटको गौर र आसपासका स्थानीय तहमा प्रचारप्रसारमा व्यस्त हुनेछन् ।

नेपाल लोकतान्त्रिक फोरम :

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार शुक्रबार तीन जिल्लामा आयोजना हुने चुनावी कार्यक्रममा सहभागी हुनेछन्। पार्टी महामन्त्री भारतेन्दु मल्लिकका अनुसार गच्छदारले बिहान साढे ११ बजे सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । 

त्यसपछि धनुषाको जनकपुर र सर्लाहीमा आयोजित चुनावी सभामा सहभागी हुनेछन्। लोकतान्त्रिक फोरमले प्रदेश नं. २ को स्थानीय तह निर्वाचन परिचालनका लागि १५२ केन्द्रीय सदस्य खटाएको छ। सबैले आ–आफ्नो जिम्मेवारीअनुरूपको काम गरिरहेको महामन्त्री मल्लिकले जानकारी दिए।

राप्रपा :

राप्रपा अध्यक्ष कमल थापा चुनावी प्रचारमा नजाने भएका छन्। राप्रपाले प्रदेश नं. २ अन्तर्गतका १३६ स्थानीय तहमा हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको थियो। तामाङले शुक्रबार १ बजे बाराको अमलेखगन्जमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। तामाङले प्रदेश नं. २ बाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सदस्य, सांसदलाई खटाएको र उनीहरूले आ–आफ्नै तरिकाले निर्वाचन प्रचारप्रसार गरिरहेको बताए।

राप्रपा प्रजातान्त्रिक :

निर्वाचनको प्रचारप्रसारको कार्यक्रममा सहभागी हुन राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणा शुक्रबार प्रदेश नं. २ मा पुग्दै छन्। राणाका स्वकीय सचिव केशव कटुवालका अनुसार उनले दिउँसो साढे १ बजे बाराको परवानीपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । 

त्यसपछि पर्साको वीरगन्जमा रहेको भिस्वा होटेलमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। राप्रपा प्रजातान्त्रिकले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपाली जनता दलसँग तालमेल गरेको छ।

बाबुराम शनिबार बिहानसम्म प्रदेश नं. २ मै

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म चुनावी प्रचारमा व्यस्त हुने भएका छन् । शुक्रबार बारा, रौतहट र पर्साका विभिन्न चुनावी सभामा सहभागी हुनेछन् । बाराको सिमरामा बिहान १० बजे कार्यक्रम राखिएको नयाँ शक्तिले जनाएको छ । 

त्यसपछि ११ बजे रौतहटका विभिन्न क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्न जानेछन्। दिउँसो २ बजे बाराको परवानीपुर र बेलुका ५ बजे वीरगन्जमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने नयाँ शक्तिले जनाएको छ ।

रामचन्द्र पौडेल

-पर्साको पोखरिया नगरपालिका – चुनावी सभा बिहान ९ बजे

-कलैया नगरपालिका – चुनावी सभा १ बजे

-वीरगन्ज महानगरपालिका – चुनावी सभा २ बजे

डा. शशांक कोइराला

कलैया नगरपालिका – चुनावी सभा १ बजे

वीरगन्ज महानगरपालिका – चुनावी सभा २ बजे

झलनाथ खनाल

बाराको कोहल्वी नगरपालिका – १२ बजे

‍बाराका विभिन्न स्थानमा २ -३० बजेबाट घरदैलो

पर्साको वीरगन्ज साँझ ६ बजे

माधवकुमार नेपाल

चन्द्रपुर नगरमा चुनावी भेटघाट – बिहान ७ बजे

धनुषाको मिथिला, गणेशमानसारनाथ, धनुषाधाममा ९ देखि १२ बजे कोणसभा

सिरहाको गोलबजारमा चुनावी सभा – दिउँसो १२ बजे

दलहरूको चुनावी आकलन :

कांग्रेस : १०० तह ,

एमाले : ७१ तह,

माओवादी : ४७ तह,

राप्रपा : २४ तह,

राप्रपा (प्र) : २२ तह,

राजपा : ६० तह,

फोरम : ५० तह

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै