2026-07-02 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुलो व्यवस्थापन गरी वातावरण संरक्षण गर्न स्थानीय तहलार्इ परिपत्र

2017-09-15

भदौ ३०, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई धुलो व्यवस्थापनलगायत वातावरणीय संरक्षणमा काम गर्न परिपत्र जारी गरेको छ ।

मन्त्रालयले आज महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रण गर्नका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै सवारी साधनबाट निस्कने धुवाँ व्यवस्थापन गर्ने काम पनि स्थानीय सरकारमै दिइएको जनाएको छ ।

स्थानीय तहले तत्काल गर्नुपर्ने छव काममा फोहरमैला व्यवस्थापन पनि अब गाउँपालिका/नगरपालिकाबाटै गर्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ ।

वातावरणीय प्रदूषणबाट हुने असर न्यून गर्न जनचेतना फैलाउने, वातावरण प्रदूषणबाट स्वास्थ्यमा क्षति पुग्ने व्यक्तिको निःशुल्क उपचारको व्यवस्था गर्ने, शहरी क्षेत्रका प्रत्येक घरमा न्यूनतम मापदण्ड तोकी वृक्षरोपण गर्न उत्प्रेरित गर्ने र सडक किनारमा भएका सरकारी स्वामित्वका भवन तथा खाली जग्गामा समेत अनिवार्य वृक्षरोपण गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए ।

यसैगरी स्थानीय तहले दीर्घकालीन रुपमा शहरभित्र आउने निजी सवारी साधनबाट थप शुल्क लिने, सामूहिक परिवहनको व्यवस्था गर्ने र यसलाई भरपर्दो, व्यवस्थित, नियमित एवं सुविधायुक्त बनाई निजी सवारी निरुत्साहत गर्ने, वैकल्पिक इन्धन र विद्युत्बाट चल्ने सवारी साधनको प्रयोग गराउन प्रेरित गर्ने र शहरी क्षेत्रमा इन्धनरहित सवारी साधन प्रयोग गर्न साइकमैत्री सडक निर्माण गर्न परिपत्र गरिएको हो ।

सर्वोच्च अदालतमा अधिवक्ता अमिता गौतम पौडेलले दायर गरेको रिट निवेदनमा विसं २०७४ वैशाख २१ गते फैसला गर्दै यस्तो आदेश जारी भएकाले कार्यान्वयन गर्न परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट