2026-07-02 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्तरी वर्ष कटेपछि चुनाव नलडौँः रक्षा मन्त्री

2017-09-16

भदौ ३१, काठमाडौं । रक्षामन्त्री भीमसेनदास प्रधानले ७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने बताउनुभएको छ । 

काठमाडौँस्थित निर्वाचन क्षेत्र नं ६ धनेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा युवालाई राजनीतिकमा अवसर दिनका लागि पनि ७० वर्ष उमेरपछि नेताले चुनाव नपाउने व्यवस्था कानूनीरुपमै व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हामीले आफूले मात्र सधैँभरि अवसर लिने प्रचलनलाई छाड्नुपर्छ, दुईपटकभन्दा बढी र ७० वर्षपछि पनि चुनाव लड्ने परिपाटीलाई बदल्नुपर्छ ।’ 

मन्त्री प्रधानले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थितरता आउने बताउनुभयो । राजनीतिक स्थितरतासँगै देशले आर्थिक समृद्धि गर्ने बताउँदै उहाँले आर्थिक समृद्धिले मात्र देशमा शान्ति स्थापना हुने उल्लेख गर्नुभयो । 

रक्षा मन्त्रालय अहिले काठमाडौँ नीजगढ द्रूतमार्ग बनाउने काममा लागेको जानकारी दिँदै मन्त्री प्रधानले केही महिनाभित्रै काम शुरु भई चार वर्षमा निर्माण गरिसक्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट