२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

एमाले बैठकमा विद्याबारे बहस गर्न खोज्ने नेतालाई बोल्न दिइएन(कोसी प्रदेश)

२०८२, ३० श्रावण बिहीबार १४:३४

काठमाडौँ | नेकपा एमालेको कोसी प्रदेश बैठकमा केन्द्रबाट जारी अन्तरपार्टी निर्देशन (अपानि)-१२ विरुद्ध छलफल गर्न खोज्ने केही नेतालाई बोल्नबाट वञ्चित गरिएको छ।

मंगलबार र बुधबार धनकुटाको हिलेमा बसेको एमाले प्रदेश कमिटीको बैठकमा केही सदस्यलाई आफ्नो धारणा राख्न नदिइएको हो। एमाले प्रदेश कमिटी अध्यक्ष खतिवडाले अपानिको बर्खिलाप हुने गरी बोल्न खोजेकाले उनीहरूलाई बोल्न नदिइएको स्वीकार गरेका छन्।

 

‘पार्टी बैठकमा ४२ जना कमरेडहरूले बोल्नुभयो। केही कमरेडहरूले पार्टी केन्द्रको निर्णय र अपानि–१२ को बर्खिलापमा छलफल गर्न खोज्नुभएको थियो’, खतिवडाले भने, ‘एमालेमा उपल्ला कमिटीको निर्णयका विषयमा तल्ला कमिटीमा छलफल हुँदैन। तल्ला कमिटीको काम केन्द्रको निर्णय कार्यान्वयन गर्ने हो। त्यही कारणले केही साथीहरूले बोल्ने समय पाउनुभएन।’

एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज र दुई कार्यकाल अध्यक्ष तथा ७० वर्षे उमेर हद हटाइएको विषयमा तीव्र विवाद छ। तर केन्द्रमा यी दुवै विषय अनुमोदन भइसकेको छ। यसैका आधारमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन १२ गते अन्तरपार्टी निर्देशन-१२ मातहतका पार्टी कमिटीमा पठाएका छन्।

विद्याबारे एमालेको अपानिमा भनएिको छ, ‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नु पर्दछ। सक्रिय राजनीतिमा आउनु हुन्न। सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा एमालेले कार्यकर्ता बनाउनु हुँदैन। अध्यक्ष भए पनि कार्यकर्ता हो। यहाँ आउनु हुँदैन। पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस्। उहाँ राष्ट्रको गहना हो। हाम्रो पनि गहना हो। उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन। विधानको धारा ८ अनुसार हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश