६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपाको २ दिने प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा सुरु

३१ श्रावण २०८२, शुक्रबार १४:४४

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय दुई दिने प्रशिक्षण सुरु गरेको छ । पार्टीको लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबार र शनिबार चल्ने यो प्रशिक्षणलाई रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनसँग समेत जोडेर हेरिएको छ ।

 

प्रशिक्षणमा प्रदेशका पूर्वीरुकुम बाहेक ११ जिल्लाका जिल्ला समिति, क्षेत्रीय समिति, पालिका समिति, प्रदेश समिति र प्रदेश विभागका पदाधिकारी र सदस्य गरी तीन सय जनाभन्दा बढीको सहभागिता रहेको छ । प्रशिक्षणको पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै अर्यालले प्रदेशका १०९ वटै पालिकाको वडादेखि टोलसम्म संगठन विस्तार र प्रशिक्षण चलाउन निर्देशन दिएका छन् ।

 

प्रशिक्षणमा अर्यालसँगै उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख तथा सहमहान्त्री विपीनकुमार आचार्य, प्रवक्ता मनिष झा, पूर्वमन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य तोसिमा कार्की, क्रान्तिशिखा धिताल लगायतले पार्टी सबलीकरण, रुपन्देही–३ को उप निर्वाचन लगायत विषयमा प्रशिक्षण दिनेछन् ।

प्रधानमन्त्रीले बोल्ने मञ्चको दुरुपयोग गर्नुभयो : बुर्लाकोटी

प्रशिक्षण उद्घाटन अघि पत्रकारसंग कुरा गर्दै पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बोल्ने मञ्चको दुरुपयोग गरेको टिप्पणी गरेका छन् ।

बिहीबार संसद्‍मा आफ्नो पार्टीका नेताहरूलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति इंगित गर्दै बुर्लाकोटीले मुलुकमा सुशासन कायम गर्न समय खर्चिनुपर्ने प्रधानमन्त्रीले विपक्षीको आलोचनामै आफू बोल्ने मञ्चको दुरुपयोग गरेको बताए ।

‘प्रधानमन्त्रीले सुशासन कायम गर्न समय खर्चिनुपर्ने हो तर संसद् बैठकसहित उहाँ बोल्ने मञ्चहरू विपक्षीको आलोचनामै दुरुपयोग भइरहेको छ,’ बुर्लाकोटीले भने, ‘प्रधानमन्त्री संसद्‍मा बोल्दा कोरम नपुगेको बारे पत्रकारले प्रश्न गर्दा एमाले सांसदले मिडियालाई समाचार बनोस् भनेर कोरम नपुगेको भनेर नालायकी जवाफ दिनुभयो ।’

महामन्त्री बुर्लाकोटीले रुपन्देही ३ को उपनिर्वाचनमा स्वतन्त्र र वैकल्पिक शक्तिहरूसँग सहकार्य हुने दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति