८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

माओवादीले सिफारिस गर्यो प्रदेश र संघका उम्मेदवार

१ आश्विन २०७४, आईतवार ०९:१२

सम्राट सिंह | असोज १, बझाङ | आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरी प्रदेशमा पठाएको छ । 

उम्मेदवारका आकांक्षीहरु धेरै देखिएपछि आइतबार नेकपा माओवादीको जिल्ला सचिवालय बैठकले उम्मेदवारको निर्णय गरी प्रदेशमा पठाएको हो । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ धर्मराज विक र समानुपातिकतर्फ देवराज रेग्मी नाम सिफारिस भएको छ । प्रदेश सभाका लागि प्रत्यक्षतर्फ जनक बुढा र बिक्रम खडकाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ कलक खडका, हिरा थापा र तुलसी मल्लको नाम सिफारिस भएको छ । यसैगरी क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ विपना थापा ,नन्दलाल धामी, जनक जोशी र भीम भण्डारी नाम सिफारिस भएको छ भने समानुपातीकतर्फ आनन्द विक र शान्ति नेपालीको नाम उम्मेदवारका लागि सिफारिस भएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष कलक खडकाले बताए । प्रदेशले पनि पार्टीमा योगदान, लोकप्रियता, र चुनाव जित्न सक्नेलाई उम्मेदवार बनाउने आशामा रहेको उनको भनाइ छ । 

बझाङ जिल्लाबाट काँग्रेस, एमाले तथा माओवादी केन्द्रबाट प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवार को बन्लान भनेर आम जनमानसको मनमा खुलदुली बढिरहेको बेला माओवादी केन्द्रले भने नाम सिफारिस गरी प्रदेशमा पठाएको छ । 

माओवादी केन्द्रले प्रतिनिधि सभामा सर्वसम्मत उम्मेदवार बनाएपनि प्रदेश सभामा भने सर्वसम्मत हुन नसकेपछि प्रदेशमा पठाएको छ । 

यसैगरी नेपाली काँग्रेस र एमालेमा पनि निर्वाचनमा को भिड्ने भन्नेबारे आन्तरिक छलफल शुरु भइरहेको छ । आन्तरिक छलफल शुरु भइरहेको छ एक साता भित्र उम्मेदवारको टुङगो लाग्ने नेपाली काँग्रेसका जिल्ला सभापती हर्कजंग बहादुर सिंहले बताए । प्रतिनिधि सभामा आफु उम्मेदवार बन्ने निश्चित भइसकेको भन्दै प्रदेशका लागि छलफल भइरहेको उनको भनाइ छ । 

यस्तै एमालेमा पनि प्रतिनिधि सभामा पूर्व वनमन्त्री भानुभक्त जोशी र केन्द्रिय सदस्य भैरव सिंहको नाम चर्चामा आएको छ । प्रदेश सभामा पनि को उम्मेदवार बन्ने भन्नेबारे तिन चार दिन भित्र टुङगो लाग्ने एमाले स्रोतले जनाएको छ । स्थानिय निर्वाचन पछि सुस्ताएको राजनितिक सहगर्मी फेरी बढ्दै गएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता