१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मधेश प्रदेशमा विद्युत् र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

५ भाद्र २०८२, बिहीबार १५:३५

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत् र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन् । मन्त्री खड्काले विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाई विभागका महानिर्देशक मित्र बरालसहितको टोलीलाई प्रदेशभरिका विद्युत् र सिँचाई सेवामा जनताको आवश्यकता र चाहनाअनुसार सुधार गर्न निर्देशन दिएका छन् ।

मन्त्री खड्काले मधेश प्रदेशमा विद्युत् चुहावट अन्य प्रदेशहरूको तुलनामा उच्च रहेको र यस समस्यालाई तत्काल रोक्नका लागि आवश्यक कदम उठाउन निर्देशन दिएका हुन् । उनले नागरिकहरूको जीउधनको सुरक्षा सुनिश्चित गर्दै सुरक्षित विद्युत् आपूर्ति गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न निर्देशन दिएका हुन् ।

मन्त्री खड्काले मधेशका विभिन्न क्षेत्रमा पटक पटक बिजुली जाने जनगुनासोको समाधान गर्न २४ घण्टा विद्युत् आपूर्ति सुनिश्चित गर्ने उद्देश्यअनुरूप काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । उनले मन्त्रालयका लागि कार्य प्रणालीमा सुधार गर्ने र राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहन तथा दायित्व पूरा नगर्ने कर्मचारीलाई दण्डित गर्ने नीति रहेको जानकारी गराउँदै आफ्नो जिम्मेवारी र दायित्वलाई प्राथमिकताकासाथ पूरा गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव