२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा फेरी वडा सदस्यलाई कालोमोसो

२०७४, १ आश्विन आईतवार १३:३५

असोज १, नुवाकोट । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जननिर्वाचित वडासदस्यलाई विभिन्न आरोपहरु लगाउँदै कालो मोसो दलेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई गएराति मोसो दलेर दुव्र्यवहार गरेका हुन् ।

नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको दुरुपयोग गरेको अभियोग लगाउँदै मोसो दलेर ‘जनकारबाही’ गरेको नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूर्व प्रहरी हवल्दारसमेत रहनुभएका थापालाई घरमा नै बसिरहेको समयमा सो पार्टीका कार्यकर्ताले यसअघि सच्चिन सचेत गराए पनि अटेर गरेकाले मोसो दलेर कारबाही गर्न बाध्य भएको जनाएको छ ।

थापाले गाउँमा सञ्चालन गरेको औषधि पसल अवैध रहेको र त्यसबाट बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको र आव २०६३र६४ मा झोलुङ्गे पुल निर्माणका लागि निर्माण समितिको अध्यक्ष बनेर प्राप्त बजेट अनियमितता गरी पुलको निर्माण अझै शुरु नगरेकाले जनताबाट आएको उजुरीका आधारमा पहिलो चरणमा सचेतस्वरुप मोसो दलेको र नसच्चिए थप कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।

गत शुक्रबार पनि नेकपाको विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीले दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई नियमितरुपमा विद्यालयमा अध्यापन गराउन नगएको भन्दै कारबाहीस्वरुप मोसो दलेका थिए । (रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक