१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बालमन्दिरबाट लगेका ५ बालबालिकाबारे उपसभामुख जोडिएको संस्थाले पठायो प्रहरीलाई जवाफ

१० भाद्र २०८२, मंगलवार १८:५७

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर जोडिएको संस्थाले बालमन्दिरबाट लगेका ५ बालबालिकाबारे प्रहरीलाई जवाफ पठाएको छ । पिए नेपालले ती बालबालिका अहिले अध्ययन गरिरहेको जानकारी गराएको छ, र अभिभावकको अनुमति लिएको बताएको छ ।

प्रहरीले बालबालिका अध्ययन गरिरहेको कुराको क्रस भेरिफिकेसन गर्ने जनाएको छ । रानामगर उपसभामुख बन्नुभन्दा पहिले नै २०७२ कार्तिकमा ‘पीए नेपाल’ नामको संस्थामा बालगृहले पठाएको बालबालिका नफर्केको घटना सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्यसबारे चासो राखेको थियो ।

सीआईबी मातहतको मानव बेचबिखन ब्युरोले लेखेको पत्रको जवाफ दिँदै मंगलबार पिए नेपाल (बन्दी सहायता नेपाल)ले बालबालिकाहरु अहिले पढिरहेको जानकारी गराएको हो । उक्त संस्थाले अहिले बालबालिकाहरु कक्षा १२ र बिए पढ्दै गरेको भनेर प्रहरीलाई जवाफ दिएको छ ।

रानामगर तत्कालीन अध्यक्ष रहेको ‘पीए नेपाल’ले सिफलस्थित बालगृहबाट पाँच बालबालिका लगेर र उनीहरू नफर्केको घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि त्यसबारे सीआईबी मातहतको मानव बेचबिखन ब्युरोले तथ्यबारे चासो राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार