२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बालमन्दिरबाट लगेका ५ बालबालिकाबारे उपसभामुख जोडिएको संस्थाले पठायो प्रहरीलाई जवाफ

२०८२, १० भाद्र मंगलवार १८:५७

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर जोडिएको संस्थाले बालमन्दिरबाट लगेका ५ बालबालिकाबारे प्रहरीलाई जवाफ पठाएको छ । पिए नेपालले ती बालबालिका अहिले अध्ययन गरिरहेको जानकारी गराएको छ, र अभिभावकको अनुमति लिएको बताएको छ ।

प्रहरीले बालबालिका अध्ययन गरिरहेको कुराको क्रस भेरिफिकेसन गर्ने जनाएको छ । रानामगर उपसभामुख बन्नुभन्दा पहिले नै २०७२ कार्तिकमा ‘पीए नेपाल’ नामको संस्थामा बालगृहले पठाएको बालबालिका नफर्केको घटना सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्यसबारे चासो राखेको थियो ।

सीआईबी मातहतको मानव बेचबिखन ब्युरोले लेखेको पत्रको जवाफ दिँदै मंगलबार पिए नेपाल (बन्दी सहायता नेपाल)ले बालबालिकाहरु अहिले पढिरहेको जानकारी गराएको हो । उक्त संस्थाले अहिले बालबालिकाहरु कक्षा १२ र बिए पढ्दै गरेको भनेर प्रहरीलाई जवाफ दिएको छ ।

रानामगर तत्कालीन अध्यक्ष रहेको ‘पीए नेपाल’ले सिफलस्थित बालगृहबाट पाँच बालबालिका लगेर र उनीहरू नफर्केको घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि त्यसबारे सीआईबी मातहतको मानव बेचबिखन ब्युरोले तथ्यबारे चासो राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध