९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा ६५ प्रतिशत मतदान, मतगणना कहिलेदेखि ?

२ आश्विन २०७४, सोमबार १६:४४

सिरहा, २ असोज । तेस्रो चरणको निर्बाचन अन्तर्गत सिरहामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्लाको ८ नगरपालिका र ९ गाउँपालीकामा रहेको तीन लाख ३२ हजार ८ सय ९५ मतदाता मध्ये ६५ प्रतिशतले मत खसालेको सिरहाका प्रमुख निर्वाचन अधिकृत अमृत वहादुर बस्नेतले जानकारी दिए । केही ठाउँको जानकारी आउन अझै बाँकी रहेकाले केही प्रतिशत अझै बढ्ने बस्नेतले जनाए । 

सिरहाको २ सय २१ मतदानस्थल अन्तर्गत रहेका ४ सय ३१ मतदानस्थलमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको प्रमुख बस्नेतले जनाए । सवै मतदानस्थलको मतपेटिका सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याईसकेपछि दलिय प्रतिनिधिसँगको छलफल पछि मतगणणा सुरु गरिने प्रमख बस्नेतले जानकारी दिए ।


जिल्लाको १७ स्थानीय निकायको एक सय ६४ वडाको ४ हजार ६ सय ५५ उम्मेदवार निर्वाचन प्रतिस्पर्धा गरिरहेका छन् । 

४ सय १७ सबारी साधन नियन्त्रणमा

जिल्ला निर्वाचन कार्यालयसँग इजाजत नलिई चलाएका भन्दै ४ सय भन्दा बढी  सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । बिना इजाजतको सबारी साधन चलाएको जिल्लाका बिभिन्न स्थानबाट ४ सय १७ बटा सबारी सधान नियन्त्रणमा लिई मतदान सकेपछि छोडिएको प्रमुख निर्बाचन अधिकृत बस्नेतले बताए ।

फर्जि मत खसाल्न खोज्ने डेढ दर्जन नक्कली मतदाता पक्राउ परेको  जिल्ला प्रहरी कार्यालय सिरहका प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिएकोछ । सिरहामा छिटफुट बाहेक सवै मतदान स्थलमा ७ वजे मतदन सुरु भएको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता