२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको आन्दोलन अझ सशक्त बनाउने

२३ भाद्र २०८२, सोमबार ११:५५

काठमाडौँ | विद्यालय शिक्षा विधेयकका केही प्रावधान निजी विद्यालय प्रतिकूल रहेको भन्दै निजी विद्यालय सञ्चालक संगठनहरूले संयुक्त आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेका छन्। प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएलगायत संस्थाहरूको संयुक्त आव्हानमा जारी आन्दोलनका कार्यक्रमहरूलाई अझ सशक्त बनाउने घोषणा गरेका छन्। संयुक्त आन्दोलन समितिले आइतबार जारी विज्ञप्तिमा निजी विद्यालयहरूको अस्तित्व, स्वतन्त्रता र योगदानमाथि विधेयकले गम्भीर असर पार्ने भन्दै अघिल्ला कार्यक्रमलाई निरन्तरता दिने स्पष्ट गरेको छ।

विज्ञप्तिमा शिक्षामा निजी क्षेत्रको योगदानलाई मान्यता नदिने खालका प्रावधानहरू अस्वीकार्य भएको उल्लेख गर्दै आन्दोलनमा सक्रिय सहभागिताका लागि सबै सदस्य विद्यालय, सञ्चालक तथा सरोकारवालालाई आह्वान गरिएको छ।

निजी विद्यालयहरूले अघि सारेका प्रमुख मागहरूमा कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैर-नाफामूलक’ बनाउनुपर्ने प्रावधान हटाउनुपर्ने, “पूर्ण छात्रवृत्ति” भन्ने शब्दावली हटाउनुपर्ने, विद्यालयमा उत्पादन नहुने पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, खाजाजस्ता सेवामाथि लगाइएको प्रतिबन्ध फिर्ता लिनुपर्ने माग समावेश छन्। त्यस्तै, छात्रवृत्ति वितरण अधिकार विद्यालयकै जिम्मामा रहने व्यवस्था मिलाउनुपर्ने र विश्वविद्यालय तहमा सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र अवसर दिने विभेदकारी व्यवस्था तत्काल खारेज गर्नुपर्ने माग गरिएको छ।

आन्दोलन कार्यक्रमअनुसार भदौ २४ गते (मंगलबार) बिहान र बेलुकी सबै संघीय सांसदलाई सम्बन्धित क्षेत्रका विद्यालय सञ्चालकहरूले भेट्नेछन्। त्यस्तै भदौ २४ र २५ गते काठमाडौँको भृकुटीमण्डपमा बिहान ११ बजेबाट बृहत् ¥यालीसहित खबरदारी सभा आयोजना गरिनेछ। उक्त कार्यक्रममा देशभरका निजी विद्यालय सञ्चालक र प्रिन्सिपलहरूको अनिवार्य सहभागिता रहने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव