असोज ३, सर्लाही | सर्लाहीको इश्वरपुर, हरिवन र वाग्मति नगरपालिकाको प्रारम्भीक मतपरिणाम आइसकेको छ । जसअनुसार ईश्वरपुर र हरिवनमा एमालेले अग्रता लिएको छ भने वाग्मति नगरपालिकामा माओवादीले अग्रता लिएको हो ।
ईश्वरपुर नगरपालिकामा एमालेले २ सय ३९ मत ल्याएर अग्रता लिएको छ। यो नगरमा माओवादी र कांग्रेस क्रमश १९२ र १५७ मत ल्याएर दोस्रो र तेस्रो बनेका छन् । उपमेयरमा पनि एमालेलनै अघि छ। उपमेयरका लागि एमाले उम्मेदवारले २ सय ३६ मत ल्याएका छन् माओवादीका उम्मेदवारले २०३ र कांग्रेसले १७० मत पाएका छन् ।
त्यस्तै हरिवन नगरपालिकामा एमालेका मेयर उम्मेदवारले २ सय ८५ मत ल्याएका छन् भने माओवादीले २ सय २२ मतका साथ दोस्रोस्थान ल्याएका छन्। कांग्रेसले भने यहाँ मेयरका लागि १ सय ५५ मत पाएको छ ।
त्यस्तै वाग्मति नगरपालिकाको प्रारम्भीक मत परिणाममा माओवादी केन्द्रले अग्रता लिएको छ। उसले ९२ मत ल्याएर एमालेलाई अग्रता दिएको हो। एमालेका मेयर उम्मेदवारले भने ६४ मत ल्याएका छन् । कांग्रेसले १४ र विवेकशील साझा पार्टीका मेयर उम्मेदवारले ३ मत पाएका छन् ।