२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीको लालबन्दीका मतपेटिका हेलिकप्टरबाट ल्याइयो

२०७४, ३ आश्विन मंगलवार ०८:१२

असोज ३, सर्लाही । सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने नारायणखोलाको एउटा मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइएको छ । 

लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट आज बिहान सेनाको हेलिकप्टरमा मतपेटिका लालबन्दी नगरपालिकास्थित मतदान अधिकृतको कार्यालयसम्म ल्याइएको हो । 

खोलामा बाढी आएपछि पैदल मार्ग अवरुद्ध भएकाले हेलिकप्टरमार्फत उक्त केन्द्रको मतपेटिका, त्यहाँ खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई लालबन्दी ल्याइएको मतदान अधिकृत बाबुराम अधिकारीले जानकारी दिनुभयो । 

उक्त मतदान केन्द्रमा जम्मा ८१९ मतदातामध्ये ५८१ मत खसेको मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले बताउनुभयो । नारायणखोलाकै मोटर दोभान मतदान केन्द्र (क) र (ख) बाट भने ट्र्याक्टरमार्फत नै मतपेटिका ल्याइएको थियो । 

चुरेभेगमा पर्ने नारायणखोला सर्लाही जिल्लाको सबैभन्दा विकट मानिन्छ । त्यहाँ अहिलेसम्म सडक पुग्न नसकेका कारण लालबन्दी बजारबाट पत्थरकोटसम्म सवारी साधनमा र त्यहाँबाट दुई घण्टाभन्दा बढी पैदल हिँडेर नारायणखोलासम्म पुग्नुपर्ने बाध्यता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी