२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा तीन दल वडातहमा विजयी

२०७४, ३ आश्विन मंगलवार १०:१८

असोज ३, सिरहा | सिरहामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपाल एक–एक वडामा विजयी भएका छन् । लहान नगरपालिका वडा नं १ मा काँग्रेस, कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्र र भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपाल आफ्नो समूहसहित विजयी भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 


लहान नगरपालिका वडा नं १ का कांग्रेसका उम्मेदवार सियाराम यादवले २९९ मत प्राप्त गरी विजयी हुनुभयो भने कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी हुनुभयो । यसैगरी सिरहाको भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपालका बद्रीनारायण यादव वडाध्यक्षमा विजयी हुनुभएको छ । मतगणना भइरहेको सिरहाको गोलबजार र मिर्चैया नगारपालिका, अर्नमा गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ भने लहान, धनगढीमाई र कल्याणप’र नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ । त्यस्तै कर्जन्हा नगरपालिकासहित विष्णुपुर र नरहा गाउँपालिकामा नेकपा ९एमाले०ले अग्रता लिएको छ । सिरहाको सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ । 


निर्वाचन कार्यालयले सिरहामा मतगणनास्थललाई सुरक्षित बनाएर मत गणना गरिरहेको प्रमुख निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक