९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा तीन दल वडातहमा विजयी

३ आश्विन २०७४, मंगलवार १०:१८

असोज ३, सिरहा | सिरहामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपाल एक–एक वडामा विजयी भएका छन् । लहान नगरपालिका वडा नं १ मा काँग्रेस, कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्र र भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपाल आफ्नो समूहसहित विजयी भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 


लहान नगरपालिका वडा नं १ का कांग्रेसका उम्मेदवार सियाराम यादवले २९९ मत प्राप्त गरी विजयी हुनुभयो भने कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी हुनुभयो । यसैगरी सिरहाको भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपालका बद्रीनारायण यादव वडाध्यक्षमा विजयी हुनुभएको छ । मतगणना भइरहेको सिरहाको गोलबजार र मिर्चैया नगारपालिका, अर्नमा गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ भने लहान, धनगढीमाई र कल्याणप’र नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ । त्यस्तै कर्जन्हा नगरपालिकासहित विष्णुपुर र नरहा गाउँपालिकामा नेकपा ९एमाले०ले अग्रता लिएको छ । सिरहाको सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ । 


निर्वाचन कार्यालयले सिरहामा मतगणनास्थललाई सुरक्षित बनाएर मत गणना गरिरहेको प्रमुख निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता