प्रज्वल पाैडेल/असाेज ३, काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधानले संविधान कार्यान्वयन गर्नु सरकारकाे प्रमुख दायित्व भएकाे बताउनुभएको छ ।

उहाँले द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/असाेज ३, काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधानले संविधान कार्यान्वयन गर्नु सरकारकाे प्रमुख दायित्व भएकाे बताउनुभएको छ ।

उहाँले द"/>

2026-07-02 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वयन गर्नु सरकारकाे प्रमुख दायित्व: रक्षामन्त्री

2017-09-19


प्रज्वल पाैडेल/असाेज ३, काठमाडौं ।

रक्षामन्त्री भिमसेनदास प्रधानले संविधान कार्यान्वयन गर्नु सरकारकाे प्रमुख दायित्व भएकाे बताउनुभएको छ ।

उहाँले देशलाई समृद्धिकाे दिशामा लैजानका लागी स्थानीय तहकाे निर्वाचन सम्पन्न हुनु महत्त्वपूर्ण विषय भएकाे बताउनुभयो ।
सरकार र जनता एक अर्काेकाे परिपुरक भएकाे बताउदै रक्षामन्त्री प्रधानले भन्नुभयाे- "जनताकाे समस्या समाधानका लागि सरकार सदैव तयार छ ।"




मंगलबार राजधानीमा अायाेजित फास्टफुड एसाेसियसन नेपालकाे तेह्राैँ बार्षिक साधारणसभाकाे उद्घाटन गर्दै उहाँले स्वदेशमा राेजगारी सिर्जनामा व्यवसायीले महत्त्वपूर्ण भुमिका खेलेकाे बताउनुभयाे । अार्थिक समृद्धिकाे लागि फास्टफुडले सहयाेग गरेकाे बताउदै काङ्ग्रेस नेता समेत रहेका प्रधानले विदेशमा गएर कामकाे सम्मान हुन नसक्ने भएकाले युवालाई स्वदेशमा व्यवसाय गरेर अगाडि बढ्न अाग्रह गर्नुभयाे ।

उहाँले देशमा प्रजातन्त्र, बहुदल अाएपछि व्यवसाय अगाडि बढेकाे बताउदै पेशागत सुरक्षाकाे ग्यारेन्टी, व्यवसायलाई सहज हुने खालकाे एेन समय अनुसार परिमार्जन गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा बाेल्दै संस्थाकाे पुर्व अध्यक्षहरू ताराराम श्रेष्ठ,फणीन्द्र बहादुर श्रेष्ठ, सदस्यहरू हाेमराज श्रेष्ठ र राकेश श्रेष्ठ लगाएतका वक्ताहरूले विभिन्न चुनाैतिकाे माझ पनि अाफुहरूले व्यवसाय संचालन गरिरहेकाे बताए ।



वक्ताहरूले काठमाडौंमा मात्र नभई देशैभरीका रेष्टुरेन्टहरूलाई सदस्य बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे । संस्थाले पेशागत हकहितका लागि संस्थागत रूपमा अगाडि बढाउनुपर्ने धारणा राखे ।

यसैविच रक्षामन्त्री भिमसेन दास प्रधानकाे हातबाट संस्थालाई याेगदान पुर्याए बापत संस्थाका सदस्य भिमबहादुर श्रेष्ठ, हाेमराज श्रेष्ठ, राकेश श्रेष्ठ र हिमाल श्रेष्ठलाई सम्मान गरिएको छ ।

फास्टफुड एसाेसियसन नेपालका अध्यक्ष धनबहादुर श्रेष्ठकाे अध्यक्षतामा भएको साे कार्यक्रममा अायव्यय काेषाध्यक्ष रमिला श्रेष्ठ र प्रगति प्रतिवेदन महासचिव हिमाल श्रेष्ठले प्रस्तुत गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक