९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीका दुई वडामा राजपाको प्यानलै विजयी

४ आश्विन २०७४, बुधबार ०४:५५

असोज ४, राजविराज । सप्तरीको राजविराज नगरपालिकाबाहेक १७ वटा स्थानीय तहमा मतगणनाको कार्य आज पनि जारी रहेको छ । 

पछिल्लो पटक जिल्ला निर्वाचन कार्यलयले आज दिएको मतगणनाको परिणामअनुसार सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–२ सकरदहीमा राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका वडाध्यक्ष युवा उम्मेदवार सन्तोष यादवको प्यानलै विजयी भएको छ । 

गोइतले २४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सहिन मगरदैता ९यादव०ले ११० मत प्राप्त गरे । 

राजपाका तर्फबाट दलित महिला सदस्य राजकुमारी सदा, सदस्य शिवचरण मण्डल र रामकिसुन खडकासहित राजपाको प्यानलनै विजयी भएको राजपाले जनाएको छ । 

यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ मा पनि राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका उम्मेदवार लक्ष्मी खंग मण्डलको प्यानलै विजयी भएको छ । 

हिजो मात्र सप्तरीको सप्तकोशी नगरपालिका–१ मा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नारायणप्रसाद आचार्यको प्यानल नै विजय भएको थियो । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार राजविराज नगरपालिका–१५ का वडाध्यक्षका उम्मेदवार महन्थी यादवको भदौ ३१ गते मृत्यु भएपछि उक्त वडामा भोलि असोज ५ गते मतदान हुने भएपछि राजविराज नगरपालिकाको मतगणना कार्य शुरु हुन नसकेको र अहिले १७ वटा स्थानीय तहमा मतगणना जारी रहेको बताइएको छ । 

मतगणना परिणामअनुसार मुख्य पाँच दलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच तीव्र प्रतिस्पर्धा रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

यस्तै, विष्णुपुर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सुरेन्द्र यादवले अग्रता कायम गरेका छन् । 

सुरुंगा नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार ७३५ मत प्राप्त गरी अगाडि छन् भने संघीय समाजवादी फोरम नेपाल ५८१ मतसहित दोश्रो स्थानमा र ४५४ मतसहित नेपाली काँग्रेस तेस्रो स्थानमा रहेको छ । 

यसैगरी, छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा नयाँ शक्ति पार्टीले आफ्नो अग्रता कायम गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता