९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीको प्रारम्भिक रुझान : राजमार्गमा एमाले र माओवादी बीच कडा टक्कर

४ आश्विन २०७४, बुधबार ०७:१८

असोज ४, सर्लाही । सर्लाहीका २० स्थानीय तहमध्ये अधिकांशमा मतगणना जारी रहँदा पाँचवटा पार्टी प्रतिस्पर्धामा देखिएका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्ग क्षेत्रका अधिकांश स्थानीय तहमा एमालेले अग्रता लिँदा दक्षिण भेगमा अन्य दलबीच प्रतिस्पर्धा भइरहेको छ ।

जनघनत्व बढी रहेका राजमार्ग क्षेत्रका नगरपालिकामा एमालेलाई माओवादीले टक्कर दिरहेको छ । राजमार्गमा दुई वामपन्थीको टक्करमा कांग्रेस निरीह देखिएको छ । राजमार्गका कुनै पनि नगरपालिकामा कांग्रेस दोस्रोमा पनि छैन ।

राजमार्गमा जोडिएका सर्लाहीका ६ नगरपालिकामध्ये चारमा एमालेले अग्रता लिएको छ भने माओवादी र फोरम एक–एक स्थानमा अगाडि छन् । दक्षिणका स्थानीय तहमा भने चार पक्षीय प्रतिस्पर्धा छ ।

पछिल्लो विवरण अनुसार, हरिवन, ईश्वरपुर, लालबन्दी र हरिपुर नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

कांग्रेसले मलंगवा, चक्रघट्टा, धनकौल गाउँपालिकामा अग्रता लिएको छ भने माओवादीे बागमती नगरपालिकामा अगाडि छ ।

त्यस्तै, राजपाले बलरा, कौडेना, चन्द्रनगरमा अग्रता लिएको छ । संघीय समाजवादी फोरमले विष्णु गाउँपालिका र बरहथवा नगरपालिकामा ‘लिड’ गरिरहेको छ ।

अन्य केही स्थानीय तहको मतगणना भइरहे पनि विस्तृत विवरण आउन बाँकी छ । मतगणनाको प्रारम्भिक रुझान् हेर्दा सर्लाहीमा कांग्रेस, एमाले, माओवादी, राजपा र संघीय समाजवादी फोरमको उस्तै–उस्तै अवस्था देखिएको छ ।

अन्लाइन खबरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता