2026-07-02 05:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नम्बर २ निर्वाचन अपडेटः अहिलेसम्म कसले कहाँ जिते ? (सूचीसहित)

2017-09-21

भदौ ५, काठमाडौँ । २ नम्बर प्रदेशमा असोज २ गते भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ ।  अहिलेसम्म ७ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये नेकपा एमालेले ४ स्थानीय तहमा विजयी भएको छ । नेकपा माओवादी केन्द्र  र नेपाल लोकतान्त्रिक फोरमले दुइ/दुइ स्थानीय तहमा विजयी भएको छ । नेपाली कांग्रेस, रापजा र संघीय समाजवादी फोरम एक-एक स्थानमा विजयी भएका छन् ।

कसले कहाँ कति जिते ?

नेकपा एमाले सप्तकोशी नगरपालिका, सप्तरी

नेकपा एमालेका उम्मेदवार उतम कुमार शर्मा सप्तरी सप्तकोशी नगरपालिकामा विजयी भएका छन् । उनले आफ्ना निकटम प्रतिस्पर्धी माओवादीका ध्रुव कार्कीलाई हराएका हुन् । एमालेका शर्माको ४३ सय ६१ मत आउँदा माओवादीका कार्कीको ३६ सय ९० मत पाएका थिए ।

सप्तकोशीमा दुवै पदमा एमाले विजयी

उपप्रमुखमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । उपप्रमुखमा एमालेकी आशा चौधरी ४ हजार ४ सय ६२ मत सहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी माओवादीकी राज कुमारी चौधरी ३ हजार ८ सय ८६ मत ल्याएको निर्वाचन अधिकारी राजेन्द्र कुमार लम्सालले जानकारी दिए ।

पटेर्वा सुगौली गाउँपालिका, पर्सा

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका अध्यक्षका उम्मेदवार हरिनारायण चौधरीले २ हजार ९ सय ५७ मत प्राप्त गरी विजयी भएका हुन् । चौधरीले नेपाली कांग्रेसका उम्मेदवार दिनेश चौधरीलाई ९० मतको अन्तरले पराजित गरेका हुन् । दिनेश चौधरीले २ हजार ८ सय ६७ मत प्राप्त गरे । उपाध्यक्षमा भने नेकपा एमालेकी सञ्जु चौधरीलाई हराउँदै नेपाली कांग्रेसकी ममता चौधरी विजयी भएकी छन् ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा एमालेका उम्मेद्वार मनोज यादव विजयी भएका छन् ।

माओवादी केन्द्र कर्जन्हा नगरपालिका, सिराहा

सिरहाको कर्जन्हा नगरपालिकाबाट नेकपा माओवादी केन्द्रले विजयी सुरूवात गरेको छ । माओवादी केन्द्रका गंगा पासवान मेयरमा र उपमेयरमा पार्वती श्रेष्ठ विजयी भएका हुन्। २ नं प्रदेशमा माओवादीको यो पहिलो जीत हो । मेयरमा गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भएका छन्। यसैगरी उपमेयरमा ज्ञानुकुमारी श्रेष्ठ ४ हजार ३१३ मतसहित विजयी भएकी छन् ।

अर्नमा गाउँपालिका पनि जित्यो माओवादीले, १ मतले हारजित

मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० र उपमेयरमा एमालेकै अञ्जु रायले २ हजार ९४५ मत पाए ।

अर्नमा गाउँपालिका, सिरहा

सिरहाको अर्नमा गाउँपालिकामा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका ठकु महतो कोइरी विजयी भएका हुन्। उनले २४३६ मत प्राप्त गरेका हुन्। महतोले एमालेका चन्द्रेश्वर मण्डललाई पराजित गरे । मण्डलले २२०९ मत प्राप्त गरे ।

उपमेयरमा भने एक मत अन्तरले माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार सीयावती मुखिया विजयी भएकी हुन् । उनले २२९९ मत ल्याइन् भने एमालेकी उम्मेदवार रामकुमारी महतोले २२९८ मत प्राप्त गरिन् ।

नेपाली कांग्रेस औरही गाउँपालिका, धनुषा

नेपाली कांग्रेसले धनुषाको औरही गाउँपालिका अध्यक्षमा कांग्रेसका ब्रह्मदेव यादवले २५६९मत ल्याएर विजयी भए । उपाध्यक्षमा कांग्रेसकै मिरा सहनी २४९४ मत ल्याएर विजयी भइन् ।

संघीय समाजवादी फोरम विष्णुपुर गाउँपालिका, सिरहा

संघीय समाजवादी फोरमले सिरहाबाट विजयी खाता खोलेको छ । सिरहाको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा समाजवादी फोरमका जागेश्वर यादव विजयी भएका हुन् । उनले १ हजार ९ सय ४० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सत्यनारायण यादवले १ हजार २ सय ८० मत ल्याएका छन् । उपाध्यक्षमा पनि समाजवादी फोरमकै अरहुलादेवी सिंह विजयी भएकी छन्। उनले २ हजार ७ मत पाएकी छन् । उनकी निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रकी ललितादेवी यादवले १ हजार २ सय २० मत पाएकी छन् ।

राजपा हंसपुर नगरपालिका, धनुषा

धनुषाको हंसपुर नगरपालिकामा राजपामा उम्मेदवार रामज्ञान मण्डल विजयी भएका छन् । उनले ३३२० मत पाएका छन् । उनका निकटतम् प्रतिष्पर्धी कांग्रेस उम्मेदवारले ३२१९ मत पाएका थिए । निर्वाचन अधिकृत जीवनाथ पोखरेलका अनुसार नगरपालिकाको उपमेयरमा पनि राजपाकी उम्मेदवार रेणु झा विजयी भएकी छन् । उनले ३२७६ मत पाइन् ।

लोकतान्त्रिक फोरम ईशानाथ नगरपालिका, रौतहट

रौतहटको ईशानाथ नगरपालिकाको मेयरमा नेपाल फोरम लोकतान्त्रिकका उम्मेद्वार विजयी भएका छन् । फोरम लोकतान्त्रिकका उम्मेद्वार सन्तोष मेहताले ५ हजार ७ सय ८५ मत ल्याएर मेयरमा विजयी भएका हुन् ।

ईशानाथ नगरपालिकामा फोरम लोकतान्त्रिक विजयी

उपमेयरमा पनि फोरम लोकतान्त्रिककै हुसनी आरा खातुनले ५२३६ मत प्राप्त गरी विजयी भएकी छन् । यो सँगै फोरम लोकतान्त्रिकले पनि प्रदेश नम्बर २ मा विजयी खाता खोलेको छ ।

त्यस्तै नेपाल लोकतान्त्रिक फोरमले विष्णु गाउँपालिकाको प्रमुख विजयी भएको छ । फोरम लोकतान्त्रिकका उम्मेद्वार जवाहरलाल यादव १९४६ मतसहित विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक