प्रज्वल पाैडेल/असाेज ५, काठमाडौं । पुर्व अर्थमन्त्री एवम् काङ्ग्रेस नेता रामशरण महतले मन्त्रीमण्डल विस्तारप्रति असन्तुष्ट जनाउनुभएकाे छ ।

निर्वाचन हुन २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल/असाेज ५, काठमाडौं । पुर्व अर्थमन्त्री एवम् काङ्ग्रेस नेता रामशरण महतले मन्त्रीमण्डल विस्तारप्रति असन्तुष्ट जनाउनुभएकाे छ ।

निर्वाचन हुन २"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जम्बो मन्त्रीमण्डल बनाउनुको कुनै अर्थ छैन: महत

२०७४, ५ आश्विन बिहीबार ०९:०२

प्रज्वल पाैडेल/असाेज ५, काठमाडौं ।
पुर्व अर्थमन्त्री एवम् काङ्ग्रेस नेता रामशरण महतले मन्त्रीमण्डल विस्तारप्रति असन्तुष्ट जनाउनुभएकाे छ ।

निर्वाचन हुन २ महिना बाँकि हुदाँपनि भागबण्डाका नाममा जम्बाे मन्त्रीमण्डल बढाउदै लैजानुकाे कुनै अर्थ नभएको बताउनुभयो ।
बिहिबार अन्तर्राष्ट्रिय शान्तिदिवसकाे अबसरमा नेपाल युवा परिषद्ले राजधानीमा अायाेजना गरेकाे सेमिनारमा बाेल्दै काङ्ग्रेस नेता महतले सरकार फेरेनि बित्तिकै अाफु अनुकुल कर्मचारी सरूवा बढुवा हुने गरेकाेले विकास र समृद्धिको बाटाे बन्द भएकाे धारणा राख्नुभयाे।

सरकार स्थिर हुन नसक्दा विकास निर्माणले गति लिन नसकेकाे बताउदै नेता महतले भन्नुभयाे-"हामीले कहिले स्वीजरल्याण्ड, सिङ्गापुर बनाउँछु भनेर भाषण मात्रै गरेर विकास सम्भव छैन, याेजना अनुसार देशकाे अार्थिक अवस्था अनुसार अगाडि बढ्नुपर्छ ।"


चीन र भारत विकास हुनुकाे पछाडि शान्ति, स्थायित्व, स्थीर सरकारले गर्दा नै विकासकाे फड्काे मारेकाे धारणा राख्नुभयाे ।
काङ्ग्रेस नेता महतले संविधानले सबै नागरिकको अधिकार ग्यारेन्टी गरेकाे धारणा राख्नुभयाे । संविधानमा अधिकार सुनिश्चित भएपनि त्यसलाई व्यवहारमा लागु गर्न चुनाैति रहेकाे स्पष्ट पार्नुभयाे ।

देशकाे अार्थिक विकासका लागी युवा जनसंख्यालाई विकासकाे क्षेत्रमा र निर्णायक तहमा ल‌ैजानु अहिलेकाे अावश्यकता रहेको बताउनुभयाे ।
दलहरूले अाफ्नाे दलगत स्वार्थ हटाएर सक्षम र याेग्य व्यक्तिलाई काम गर्ने बाताबरण सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा वक्ताहरूले युवालाई सहि कार्यदिशामा लगाउने र राेजगारी दिन नसक्दा अपाराधिक गतिविधिमा युवा लागेकाे बताएका छन् ।

यस्ता गलत प्रविधिलाइ हटाउनुपर्ने बताउदै उनीहरूले राजनीतिक दललाई गुण्डाले र गुण्डाले राजनीतिक दललाई चलाउने गरेकाेले शान्ति र समृद्धि हुन नसकेकाे बताए । उनीहरूले याेजनाबद्ध रूपमा युवाहरूलाई परिचालन गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक