प्रज्वल पाैडेल/असाेज ५, काठमाडौं । पुर्व अर्थमन्त्री एवम् काङ्ग्रेस नेता रामशरण महतले मन्त्रीमण्डल विस्तारप्रति असन्तुष्ट जनाउनुभएकाे छ ।

निर्वाचन हुन २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल/असाेज ५, काठमाडौं । पुर्व अर्थमन्त्री एवम् काङ्ग्रेस नेता रामशरण महतले मन्त्रीमण्डल विस्तारप्रति असन्तुष्ट जनाउनुभएकाे छ ।

निर्वाचन हुन २"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जम्बो मन्त्रीमण्डल बनाउनुको कुनै अर्थ छैन: महत

५ आश्विन २०७४, बिहीबार ०९:०२

प्रज्वल पाैडेल/असाेज ५, काठमाडौं ।
पुर्व अर्थमन्त्री एवम् काङ्ग्रेस नेता रामशरण महतले मन्त्रीमण्डल विस्तारप्रति असन्तुष्ट जनाउनुभएकाे छ ।

निर्वाचन हुन २ महिना बाँकि हुदाँपनि भागबण्डाका नाममा जम्बाे मन्त्रीमण्डल बढाउदै लैजानुकाे कुनै अर्थ नभएको बताउनुभयो ।
बिहिबार अन्तर्राष्ट्रिय शान्तिदिवसकाे अबसरमा नेपाल युवा परिषद्ले राजधानीमा अायाेजना गरेकाे सेमिनारमा बाेल्दै काङ्ग्रेस नेता महतले सरकार फेरेनि बित्तिकै अाफु अनुकुल कर्मचारी सरूवा बढुवा हुने गरेकाेले विकास र समृद्धिको बाटाे बन्द भएकाे धारणा राख्नुभयाे।

सरकार स्थिर हुन नसक्दा विकास निर्माणले गति लिन नसकेकाे बताउदै नेता महतले भन्नुभयाे-"हामीले कहिले स्वीजरल्याण्ड, सिङ्गापुर बनाउँछु भनेर भाषण मात्रै गरेर विकास सम्भव छैन, याेजना अनुसार देशकाे अार्थिक अवस्था अनुसार अगाडि बढ्नुपर्छ ।"


चीन र भारत विकास हुनुकाे पछाडि शान्ति, स्थायित्व, स्थीर सरकारले गर्दा नै विकासकाे फड्काे मारेकाे धारणा राख्नुभयाे ।
काङ्ग्रेस नेता महतले संविधानले सबै नागरिकको अधिकार ग्यारेन्टी गरेकाे धारणा राख्नुभयाे । संविधानमा अधिकार सुनिश्चित भएपनि त्यसलाई व्यवहारमा लागु गर्न चुनाैति रहेकाे स्पष्ट पार्नुभयाे ।

देशकाे अार्थिक विकासका लागी युवा जनसंख्यालाई विकासकाे क्षेत्रमा र निर्णायक तहमा ल‌ैजानु अहिलेकाे अावश्यकता रहेको बताउनुभयाे ।
दलहरूले अाफ्नाे दलगत स्वार्थ हटाएर सक्षम र याेग्य व्यक्तिलाई काम गर्ने बाताबरण सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा वक्ताहरूले युवालाई सहि कार्यदिशामा लगाउने र राेजगारी दिन नसक्दा अपाराधिक गतिविधिमा युवा लागेकाे बताएका छन् ।

यस्ता गलत प्रविधिलाइ हटाउनुपर्ने बताउदै उनीहरूले राजनीतिक दललाई गुण्डाले र गुण्डाले राजनीतिक दललाई चलाउने गरेकाेले शान्ति र समृद्धि हुन नसकेकाे बताए । उनीहरूले याेजनाबद्ध रूपमा युवाहरूलाई परिचालन गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो