९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकमा शान्ति भएमात्र आर्थिक विकास हुने : महत

५ आश्विन २०७४, बिहीबार १०:४४

असोज ५, काठमाडौँ। नेपाली काँग्रेसका नेता डा रामशरण महतले मुलुकमा शान्ति भएमात्र आर्थिक विकास हुने बताउनुभएको छ । 

विश्व शान्ति दिवसका अवसरमा नेपाल युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘विस्तृत शान्ति सम्झौताको महत्व र यसका उपलब्धि’ विषयक अन्तरक्रियामा डा महतले जहाँ शान्तिपूर्ण स्थिति सिर्जना हुन्छ त्यहाँ विकास चाँडो हुने बताउनुभयो । “दश वर्षे जनयुद्ध र मधेस आन्दोलनका कारण नेपालको विकास हुन सकेन,”– उहाँले भन्नुभयो । 

पूर्व अर्थमन्त्री डा महतले संविधानमा युवाको अधिकारलाई धेरै मात्रामा समेटेको भए पनि व्यवहारमा लागू नहुँदा समस्या भएको बताउनुभयो । उहाँले स्थायी सरकार नहुँदा नेपालको शान्ति प्रक्रियाले पूर्णता लिन नसकेको उल्लेख गर्नुभयो । 

नयाँ शक्ति नेपालका नेता खिमलाल देवकोटाले विस्तृत शान्ति सम्झौतालाई इमान्दारिताका साथ पालना नगर्दा मुलुकको विकास हुन नसकेको बताउनुभयो । “वर्तमान सरकारले युवाको हक, अधिकारका लागि सोचेन,”– उहाँले भन्नुभयो । 

चेलीबेटी बेचबिखनविरुद्ध राष्ट्रिय सञ्जालका अध्यक्ष भारती सिलवाल ९गिरी०ले सामाजिक विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले देशको परिवर्तनमा युवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रत्येक प्रदेशमा युवाका लागि मन्त्रालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । 

परिषद्का अध्यक्ष सरोज बानियाँले दश वर्षे जनयुद्धका बेला लडेका युवाको भविष्य अन्योलमा परेको भन्दै उनीहरुले कुन लक्ष्य प्राप्तिका लागि युद्ध लडेका थिए त्यसको पुनरावलोकन राज्यले गर्नुपर्ने बताउनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता