Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० बैशाख आईतवार
काठमाडौँ - KTM

मुलुकले निकास पाउन अागामी निर्वाचनमा एमालेकाे बहुमत अावश्यक: रावल

२०७४, ६ आश्विन शुक्रबार ०२:१२


प्रज्वल पाैडेल/असाेज ६, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भिमबहादुर रावलले राष्ट्रियताकाे रक्षा गर्ने जिम्मा एमालेमा काधँमा अाएकाे बताउनुभएको छ ।

उहाँले प्रदेश र प्रतिनिधि सभामा एमालेकाे बहुमत अाए मात्रै देशले निकास पाउन सक्ने धारणा राख्नुभयाे। उहाँले भन्नुभयाे -"स्थायी शान्ति, दिगाे विकास, स्वाभिमान र समानता ल्याउनका लागि तीनै तहमा एमाले बलियाे हुनुपर्छ ।"
रावलले एमाले पहिलाे शक्ति बन्ने अाँकलन गरेर नै सत्ता गठबन्धनले चरण चरणमा स्थानीय निर्वाचन गरेकाे धारणा राख्नुभयाे ।

निर्वाचनकाे समयमा मन्त्रीमण्डल विस्तार, कर्मचारी सरूवा बढुवा, अलाेकतान्त्रीक गतिविधि, निर्वाचन अाचार संहिता उल्लङ्घन गर्दै सरकार अगाडि बढेकाे अाराेप लगाउनुभयाे । नेता रावलले २ नं प्रदेशमा बाजा बजाएर विदाई गर्छाै, मधेश विराेधी पार्टी हाे भनेर भ्रम फिजाउनेहरूलाई जनताले निर्वाचनमा मत मार्फत नै गलत सावित गरिदिएकाे बताउदै उनीहरूलाई बाजा बजाएर खाेज्नुपर्ने अवस्था अाएकाे धारणा राख्नुभयाे । 


पुर्व गृहमन्त्री समेत रहेका रावलले अहिलेकाे म्यादी गठबन्धनकाे सरकार विदेशीकाे इशारामा चलेकाे र राष्ट्रघाति सम्झाैता गरेकाे बताउनुभयाे । एमालेले स्थानीय तहलाई अधिकार दिएर बलियाे बनाउन चाहेकाे तर अहिलेकाे सत्ता गठबन्धन उनीहरूकाे अधिकार कटाउन उद्दत रहेकाे रावलले स्मरण गराउनुभयाे । 

उपाध्यक्ष रावलले भन्नुभयो-"भारतमा गएर देउवा सरकारले काेसी उच्चबाँध र गण्डकि बाँध बनाउने राष्ट्रघाति सम्झाैता गर्याे, जुन सम्झाैताले रामेछाप सहित ११ जिल्ला डुवानमा पर्ने भएकाले  कार्यान्वयन गर्न दिन हुन्न।" रावलले सिमानामा अन्तर्राष्ट्रिय कानुन विपरित गरेका बाँध हटाउन पहल गर्नुपर्नेमा राजाले सम्झाैता गर्न नदिएकाे, एमालेले राष्ट्रका हितविपरीत छ भनेर विराेध गरिरहेकाे तर पहिलेपनि गिरीजाले सम्झाैता गर्न चाहेका थिए सकेनन् तर पटक पटककाे विरोधका विच अहिले शेरबहादुरले पूरा गरिदिएको धारणा राख्नुभयाे।


भारतसँग झुकेर संविधान संशाेधनकाे विषय संसदबाट टुङ्गिसकेकाे अवस्थामा पुन भारतमा गएर संशोधन हुने विषय उठाउनु लज्जाकाे विषय भएकाे टिप्पणी गर्नुभयाे ।  उहाँले भन्नुभयाे -"अन्य देशमा भए सरकार ढल्थ्याे, प्रधानमन्त्रीकाे राजिनामा हुन्थ्याे तर संसदमा विषय उठान गर्दासमेत नैतिक हराएको सरकारले उचित जवाफ दिन सकेन ।" 

काङ्ग्रेस र माअाेवादीले विदेशी राजदुतावासमा गएर झुठाे खाएर नेेेेपालमा विदेशी हस्तक्षेप बढाएकाे रावलले अाराेप लगाउनुभयाे ।  पहिलाे संविधानसभामा मस्यौदा बनाउनेक्रममा संवैधानिक समितिमा मधेसी माेर्चा र माअाेवादीले नेपालकाे नाम र झण्डा परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेर मतदान गर्नुपरेकाे समेत स्मरण गर्दै उहाँ राष्ट्रिय महत्त्वकाे विषयमा दलहरू मार्फत नै विदेशी चलखेल हुने गरेकाे बताउनुभयाे ।

बिहिवार राजधानीमा रामेछाप काठमाडौं सम्पर्क मञ्चद्वारा अायाेजित दशैतिहार शुभकामना अादानप्रदान तथा जनप्रतिनिधिहरूलाई सम्मान कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । रावलले निर्वाचित जनप्रतिनिधिहरूलाई जनताकाे हित र मुलुककाे संमृद्धिमा काम गर्न निर्देशन दिनुभयाे । 

सरकार पछिल्ला राष्ट्रिय हित विपरित गरेका गतिविधि जनता माझ पुर्याएर एमालेका विरूद्ध फिजाईएका भ्रम हटाउदै अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय  तहमा पहिलाे पार्टी बनाए जसरी नै अागामी मंसिर १० र २१ काे निर्वाचनमा पनि एमालेलाई पहिलाे बनाउन कार्यकर्तालाई अाग्रह गर्नुभयाे ।


कार्यक्रममा एमाले नेता, विजय गुरूङ, देवशंकर पाैडेल, कैलाश ढुङ्गेल,माधव ढुङ्गेल, शान्ति पाैडेल लगाएतका प्रदेश तथा रामेछाप जिल्ला कमिटीका पदाधिकारीले मन्तव्य राखेका थिए । वक्ताहरूले चुनावमा अन्तरघात गर्ने नेता तथा संगठित कार्यकर्ताकाे पहिचान गरेर अागामि दिनमा याेजना सहित अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनीहरूले रामेछापका प्रदेश तथा संसदका तीनै वटा निर्वाचन क्षेत्रमा एमाले एकढिक्का भएर अाफ्ना उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्ने धारणा राखेका छन् । सम्पर्क मञ्च जिल्लामा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेकाे थियोे ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो