2026-07-02 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीद्वारा बाबुरामको क्षेत्रमा नारायणकाजी प्रस्ताव, अन्य नेताहरु कहाँ-कहाँ ?

असोज ६, रासस (गोरखा) | मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ।

गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । दुई क्षेत्रमा दुई–दुई वटा गरी चारवटा प्रदेश निर्वाचन क्षेत्र छ। त्यसमध्ये समानुपातिक प्रणाली पनि कायमै छ। गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेताहरु हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जराको नाम प्रस्ताव गरिएको छ। यस्तै, समानुपातिकतर्फ नेताहरु परशुराम रम्तेल, जगन्नाथ खनाल तथा सहरी विकास राज्यमन्त्रीसमेत रहेका छमबहादुर गुरुङको नाम प्रस्ताव गरिएको माओवादी केन्द्रले जनाएको छ। प्रतिनिधिसभाकै क्षेत्र नं २ को प्रत्यक्षतर्फ नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चूडामणि खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्ताव गरेको र समानुपातिकतर्फ खोपबहादुर कँडेलको मात्रै नाम प्रस्तावित छ।

यस्तै, माओवादी केन्द्रले प्रदेशसभा निर्वाचनका लागि गोरखा क्षेत्र नं १ को प्रदेश नं १ को प्रत्यक्षतर्फ नेताहरु लेखबहादुर थापा, माया चेपाङ, जानुका पौडेल र समानुपातिकतर्फ हितमान सुर्खेती, अकुर तिमिल्सिना, गीता गहतराज, डिलबहादुर सेन्चुरीको नाम प्रस्ताव गरेको छ। क्षेत्र नं १ को प्रदेश नं २ प्रदेशसभाका लागि प्रत्यक्षतर्फ नेताहरु ऋषि खनाल, स्थिरप्रसाद खनाल, निमा लामाको नाम प्रस्ताव गरिएको छ भने समानुपातिकतर्फ सुशीला सिंखडा, ध्रुव भट्ट, गोपाल बराइलीको नाम प्रस्ताव भएको छ।

क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा–१ का लागि प्रत्यक्षतर्फ नेताहरु कमला नहर्की, विवश चिन्तन, बन्दना पाण्डे र समानुपातिकतर्फ रामबहादुर ढकाल, कञ्चन कुमाल र धना तमु छन्।

क्षेत्र नं २ को प्रदेशसभा–२ का लागि प्रत्यक्षतर्फ नेताहरु अमर तमु, दीपक देवकोटा, भगवती तिवारी र समानुपातिकतर्फ नरबहादुर गुरुङ, मुक्ति विक, अनिता भुजेल, पूर्णकुमारी कँडेलको नाम प्रस्ताव गरिएको छ। प्रदेशले यी नाम हेरेपछि केन्द्रमा पठाउने र केन्द्रले कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउने जिल्ला इन्चार्ज चूडामणि खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक