२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजविराजमा फोरम अगाडि, तिरहुतमा संघीय फोरम विजयी

२०७४, ६ आश्विन शुक्रबार ०६:०४

असोज ६, राजविराज सप्तरीको राजविराज नगरपालिकामा हिजो शुरु भएको मतगणना आज पनि जारी रहेको छ । 

राजविराज नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच कडा प्रतिस्पर्धा छ । 

पछिल्लो पटक जिल्ला निर्वाचन कार्यालयले दिएको मतपरिणामअनुसार संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार भीमराज यादवले ६३ मत प्राप्त गरी पहिलो स्थानमा हुनुहुन्छ । 

फोरम नेपाललाई पछ्याउँदै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शम्भु यादवले ५० मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, नेकपा (एमाले)का शुखराम यादवले ३५ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का अनिस अन्सारीले ३५ मत प्राप्त गर्नुभएको बताइएको छ । 

नेपाल लोकतान्त्रिक फोरमका शैलेश चौधरी २४ र नेपाली काँग्रेसका धु्रवदेवले १२ मत प्राप्त गर्नुभएको बताइएको छ । 

यसैगरी, हनुमाननगर कंकालनी नगरपालिकामा पनि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच कडा प्रतिस्पर्धा रहेको पाइएको छ । 

पछिल्लो परिणामअनुसार संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार वीरेन्द्र माझीले तीन हजार ११२ मत प्राप्त गरी अगाडि हुनुहुन्छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका प्रमुख उम्मेदवार शैलेशकुमार साह दुई हजार ६१० मत प्राप्त गरी दोस्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

यसैबीच, अन्य स्थानीय तहमा शान्तिपूर्णरुपमा मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश ठाकुरले जानकारी दिनुभयो । 

तिरहुतमा संघीय फोरम नेपाल विजयी 

यसैबीच, सप्तरीको तिरहुत गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार हेमन्तकुमार बहडखेर (यादव)ले दुई हजार ९४२ प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका विजय यादवले दुई हजार १०४ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, संघीय समाजवादी फोरम नेपालकै उपप्रमुख पदका उम्मेदवार तीर्थमाया मण्डल (खत्बे) ले दुई हजार ७४० मत ल्याएर विजयी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा, नेपालका गीताकुमारी यादवले एक हजार ३२२ मत प्राप्त गर्नुभएको छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने