९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी

६ आश्विन २०७४, शुक्रबार ०६:५०

असोज ६, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । 

अठतीसौँ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा गैरसरकारी संघसंस्थाले निष्पक्ष, पारदर्शी र जवाफदेहीपनलाई व्यवहारमा उतारेर सार्थक परिणाम आउने गरी काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । 

“गैरसरकारी संस्थाको संख्यात्मक वृद्धिसँगै गुणात्मक पक्षलाई आत्मसाथ गर्दै संघसंस्थालाई निश्चित आधारमा वर्गीकरण गर्ने, गरेका कामको प्रभावकारी अनुगमन गर्ने, संस्थाका गतिविधि र उपलब्धि सार्जजनिक गर्ने, तिनको कामलाई संस्थागत गर्ने गर्नुपर्दछ”–राष्ट्रपति भण्डारीले भन्नुभयो । 

राष्ट्रपति भण्डारीले ‘सेवा नै धमै हो’ भन्ने समाजमा प्रचलित, लोकप्रिय उक्तिलाई आत्मसाथ गरी सामाजिक सेवाको क्षेत्रमा सक्रिय रूपमा संलग्न हुन सबैलाई आग्रह गर्नुभयो । 

वृद्धवृद्धा हेरचाह, बालबालिका संरक्षण, शिक्षादीक्षा, राहत तथा उद्दार जस्ता परोपकारी कार्यमा सरकारका विभिन्न निकायद्वारा गठित र संरक्षित संघसंस्थाको भूमिकालाई थप परिणामुखी बनाउन नियमन तथा अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ । 

सामाजिक क्षेत्रको विकासमा गैरसरकारी संस्थाबाट गरिएको योगदान सरहानीय रहेको बताउँदै उहाँले गैरसरकारी संस्था उद्धार, कल्याण, आयआर्जन, सामुदायिक विकास सचेतना र आर्थिक तथा सामाजिक सशक्तीकरण र रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन गरी आफ्नो भूमिकालाई आम जनसमुदायसम्म पुर्याउन सफल भएको उल्लेख गर्नुभयो । 

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव प्रेमबहादुर राईले सामाजिक सेवामा आवद्ध सामाजिक संघसंस्था पारदर्शी हुनुपर्छ भन्नुभयो । 

परिषद्का उपाध्यक्ष लीलामणि बरालले समयसापेक्ष बनाउन समाज कल्याण ऐन २०४९ को सट्टा नयाँ ऐन ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । 

परिषद्ले यस वर्षको ‘तुलसी मेयर समाज सेवा पुरस्कार’ एबिसी नेपाल नामक संस्थालाई प्रदान गरेको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ । 

त्यसैगरी ‘समाज सेवा पुरस्कार–२०७४’ समाजसेवी शान्ता श्रेष्ठ, संगीता पन्त र विद्याकर खतिवडालगायत सात जनालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु २१ हजार रहेको छ । 

कार्यक्रममा समाज सेवामा योगदान पुर्याएबापत विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो । ‘शान्ति र सम्बृद्धि सबैको चाहना, सामाजिक सेवामा निःस्वार्थ भावना’ भन्ने मूलनाराका साथ परिषद्ले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी सामाजिक सेवा दिवस मनाएको छ । 

समाजको सर्वाङ्गीण विकासको लागि सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपमा पछि परेका वर्ग, समुदाय, जाति, लिङ्ग तथा भूगोलका जनसमुदायलाई सेवा पुर्याउने, आर्थिक एवं सामाजिक रूपमा सक्षम बनाउने र समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई राज्यले निर्दिष्ट गरेको विकास निर्माण कार्यसँग आवद्ध गराउने उद्देश्यले २०३४ सालमा समाज कल्याण परिषद्को स्थापना भएको हो । 

परिषद्ले हाल सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वय, सम्झौता, तिनका कार्यक्रमको सुपरीवेक्षण, अनुगमन, मूल्यांकन र कार्यक्रमको सहजीकरणको जिम्मेवारीसमेत बहन गर्दै आएको छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो