९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारिताको गुणात्मक विकास आवश्यक : राष्ट्रपति

६ आश्विन २०७४, शुक्रबार ०९:२६

असोज ६, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक व्यवस्थापछि पत्रकारिता क्षेत्रमा संख्यात्मकसँगै गुणात्मक विकास आवश्यक पर्ने बताउनुभएको छ । उहाँले अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै गणतन्त्रलाई सुदृढ र राष्ट्रियतालाई एकताबद्ध बनाउने सकारात्मक वातावरण खेल्न पनि सञ्चार क्षेत्रलाई आह्वान गर्नुभयो । 

प्रेस काउन्सिल नेपालको ४८औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित पुरस्कार वितरण समारोहमा उहाँले नेपाली प्रेसले पाएको अधिकार र उपलब्धिलाई सकारात्मक रुपमा सदुपयोग गरिनुपर्नेमा पनि जोड दिनुभयो । सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यम जिम्मेवार नभएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “अधिकारको दुरुपयोग गर्दा नकारात्मक परिणाम आउँछ, समाजमा स्वच्छन्दता र अराजकता उत्पन्न हुन्छ ।” 

राष्ट्रपति भण्डारीले छिटो समाचार दिने नाममा वास्तविकता भुलेर सामग्री प्रस्तुत भएमा पत्रकारिताको विश्वसनीयता, सत्य, तथ्य र सन्तुलन गुम्ने जनाउँदै राज्यका तीन अङ्गलाई निगरानी र सन्तुलनमा राख्ने प्रेसको जिम्मेवारी र उत्तरदायित्वलाई सामाजिक न्यायपूर्ण समाज स्थापनाको लक्ष्यका साथ पूरा गरिनुपर्ने बताउनुभयो । 

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकार अराजक भएमा पेशा नै बदनाम हुने भएकाले प्रेस पास र अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हुन नहुनेमा जोड दिनुभयो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताले स्वनियमनमा रहनुपर्ने भन्दै पत्रकार आचारसंहिताबारे जागरण अभियान सञ्चालन गरिने बताउनुभयो । 

पुरस्कार प्रदान 

समारोहमा काउन्सिलका विभिन्न वार्षिकमध्ये ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार बालकृष्ण चापागाईं र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरियो । दुवै पुरस्कारको राशि जनही रु एक लाख पाँच हजार छ । रु २५ हजार राशिको ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सप्तकोशी एफएम रेडियो (सुनसरी)लाई दिइयो । 

यस्तै ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ पत्रकारद्वय हरिहर खनाल (चितवन) र वियोगी बुढाथोकी (काठमाडौँ)लाई प्रदान गरिनेछ । काउन्सिलले यस वर्षको ‘प्रेस काउन्सिल स्तम्भ लेखन पत्रकारिता पुरस्कार’ पत्रकार मुरलीप्रसाद यादव (सप्तरी)लाई प्रदान भयो । 

‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ पत्रकार विणा सिन्हा (काठमाडौँ)लाई प्रदान गरियो । ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ पत्रकार इन्दिरा अर्याल (बुटवल), कमल पन्थी (काठमाडौँ), टीका विष्ट (सुर्खेत), कोपिला कँडेल (बाग्लुङ) र अञ्जली थापा (मकवानपुर)लाई प्रदान गरियो । 

‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार’ पत्रकार ओमप्रसाद घायल (पर्वत), रामकुमारी (रूबी) श्रेष्ठ (ललितपुर), राधेश्याम पट्टेल (पर्सा), रामचन्द्र चौधरी (कञ्चनपुर) र नमनकुमार शाही (दैलेख)लाई प्रदान गरियो । 

त्यसैगरी ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ दण्ड गुरुङ (काठमाडौँ), मानसिंह विक (रोल्पा), रविन थपलिया (काठमाडौँ), अनिलकुमार कर्ण (काठमाडौँ), मदन ठाकुर (रौतहट), सन्तोष रुचाल (धनकुटा), महेशकुमार चौधरी (सुनसरी) र विजेता चौधरी (काठमाडौँ)ले पाउनुभयो ।

‘प्रेस काउन्सिल युवा सशक्तीकरण पत्रकारिता पुरस्कार’ विभिन्न जिल्लाबाट छ, ‘प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार’ पाँच र ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ तीनजना पत्रकारलाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु १० हजार छ । 

काउन्सिलका पूर्वअध्यक्षहरुको सम्मान र दीर्घसेवी तथा उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरियो ।    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता