२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

परवानीपुर गाउँपालिकामा राजपा विजयी

२०७४, ६ आश्विन शुक्रबार १०:०५

असोज ६, कलैया परवानीपुर गाउँपालिकाको अध्यक्ष एंव उपाध्यक्ष पदमा राजपाका उम्मेदवार विजयी भएका छन् । 

अध्यक्षमा हरिनारायण साहले तीन हजार ६७८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामक्षेत्री कुर्मीले एक हजार आठसय मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी उपाध्यक्षमा सावित्री देवीले दुई हजार ४७१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकै सुगानधिदेवीले दुई हजार १७ मत प्राप्त गर्नुभयो । 

त्यस्तै परवानीपुर गाउँपालिकाका वडाध्यक्षमा क्रमशः वडा नं.–१ मा राजपाका मिस्त्री सहनीे (५५९), वडा न २ मा नेपाली काँग्रेसका किशोरीप्रसाद तेली (६९३), वडा न ३ मा राजपाका अनिल राम (७५८), वडा न ४ मा नेकपा एमालेका गजेन्दैप्रसाद पटेल (५३९) र वडा न ५ मा संघीय समाजवादी फोरम नेपालका रामेश्वरप्रसाद कलवारले (७९४) मत प्राप्त गरी विजयी भएको प्रमुख निर्वाचन अधिकृत शम्भुराज रेग्मीले जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक