२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमा उद्योगी तथा पैसावालाले टिकट पाए : पूर्व राष्ट्रपति

२०७४, ६ आश्विन शुक्रबार १०:१३

 असोज ६, काठमाडौँ। पूर्व राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रलाई संस्थागत विकास गराउँदै जीवन्त बनाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एकअर्कालाई सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । 

उहाँले भन्नुभयो “ती तीन अंगबीच एक अर्काका सम्मानले लोकतन्त्रलाई बलियो बनाउने हो, संविधानले पनि यही परिकल्पना गरेको छ, यसलाई आत्मसात् गर्दै अगाडि बढ्न म आह्वान गर्छु ।” 

सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा संविधान दिवसका अवसरमा ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन’ विषयक आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा यादवले स्थानीय निकाय र प्रदेश÷प्रतिनिधि सभाका निर्वाचन सम्पन्नपछि मात्र संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो “पछिल्लो स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले भाग लिनु सकारात्मक हो, आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाका निर्वाचनमा पनि यस्तै सहभागिता रहने मैले विश्वास लिएको छु ।” 

पूर्व राष्ट्रपति डा यादवले निर्वाचनमा लामो समयदेखि दलमा मूल्य मान्यतामा आस्थावान तथा निष्ठावान् व्यक्तिले टिकट नपाई क्रसर र डोजर उद्योगी तथा पैसावालाले पाएकामा चिन्ता व्यक्त गर्दै यस्तो अवस्था आउन दिन नहुने बताउनुभयो । 

उहाँले प्रश्न गर्नुभयो “मैले सुनेँ स्थानीय तहका निर्वाचनमा वडाध्यक्ष हुनका लागि रु ५० लाख र गाउँ तथा नगरपालिका प्रमुख हुन रु एक करोडसम्म खर्च भयो, यस्तो अवस्था हो भने कसरी इमान्दार र निष्ठावान् व्यक्तिले निर्वाचन लडन सक्छन् ।” 

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधान प्रदत्त अधिकारलाई जनताले अपनत्व गरी त्यसलाई व्यवहारिक रुपमा अनुभूत गर्न नसकेसम्म संविधान कार्यान्वयन नहुने तर्क गर्नुभयो । 

फाउण्डेशनका अध्यक्ष महामन्त्री डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयन गरेको र लोकतन्त्रलाई संस्थागत विकाससमेत गरेको बताउनुभयो । नेपाली काँग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा गत वर्ष सो फाउण्डेशनको स्थापना भएको हो । 

पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले संविधान निर्माण गर्न दलहरु एकजुट भएजस्तै कार्यान्वयनमा पनि एकजुट हुन आवश्यक रहेकोमा जोड दिँदै निर्वाचन घोषणापछि सरकारले मन्त्रिपरिषद् विस्तार गरेर संविधान तथा निर्वाचन आचारसंहिता उल्लंन गरेको आरोप लगाउनुभयो । 

फाउण्डेशनका संस्थापक अशोक कोइरालाले आगामी माघ ७ गतेभित्र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संविधान व्यावहारिक रुपमा कार्यान्वयनमा आउने चर्चा गर्दै स्व सुशील कोइरालाका विविध आयाममाथि जानकारी दिनुभएको थियो । 

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले संविधान जारी गर्न स्व सुशील कोइरालाको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । 

संविधानविद् डा विपीन अधिकारीले आफूलाई प्रजातन्त्रवादी पार्टी हुँ भन्ने तर व्यवहार प्रजातन्त्रअनुसारको नगर्ने परिपाटीले संविधान कार्यान्वयनमा समस्या पर्ने बताउनुभयो । 

संविधानविद् डा भीमार्जुन आचार्यले संविधान कार्यान्वयनमा दलहरु गम्भीर नदेखिएको बताउँदै निर्वाचनले मात्र संविधान कार्यान्वयन हुने होइन भन्नुभयो ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो