९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रले संघ र प्रदेश सभाको उम्मेदवार टुंगो लगायो

७ आश्विन २०७४, शनिबार ०४:५२

असोज ७, इलाम, रासस । नेकपा (माओवादी केन्द्र) इलामले आगामी मंसिर महिनामा हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । 

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्रीप्रसाद जबेगुको प्रमुख आतिथ्यतामा प्रदेशसभा र संघका लागि उम्मेदवार छनोट गरेको हो । बुधबारको बैठकले संघको प्रत्यक्षतर्फ क्षेत्र नं १ बाट धीरेन शर्मा र क्षेत्र नंं २ बाट कान्छा लावतीलाई उम्मेदवार छनोट गरेको हो । 

यसैगरी समानुपातिकतर्फ टीका घिमिरे र सोममाया राईलाई उम्मेदवार छनोट गरेको छ । यस्तै प्रदेश सभाको निर्वाचनका लागि क्षेत्र नं १ बाट तेजबहादुर राई र क्षेत्र नं २ बाट श्रीमान् राईलाई उम्मेदवार छनोट गरिएको माओवादी केन्द्र इलामका कार्यालय सचिव जीवन शर्माले जानकारी दिनुभयो । 

यसैगरी प्रदेशको समानुपातिकमा राम राई, उर्मिला तामाङ, किरण सुनुवार, ओमबहादुर गुरुङ, शान्ता बस्नेत, प्रेमना छिरिङ र पवन शंकरलाई सिफारिस गरिएको शर्माले बताउनुभयो । 

केन्द्रका विषयमा विवाद 

सन्दकपुर गाउँपालिकाको केन्द्रको विषयमा विवाद बढ्दै गएको छ । हाल केन्द्र रहेको देउराली बजारमा नै केन्द्र कायम गर्ने कि अन्यत्र सार्ने भन्ने विषयमा विवाद चुलिएको छ । देउरालीमा राख्ने पक्ष र अन्यत्र सार्ने पक्षमा गाउँपालिकावासी नै दुई पक्षमा विभाजित भएका छन् । देउराली बजार गाउँपालिकावासीका लागि अपायक पर्ने भन्दै स्थानीयवासीले पायक पर्ने स्थानमा केन्द्र कायम गर्न माग गर्दै आएका छन् । विशेषगरी माबु र जमुनाका बासिन्दाले केन्द्र अत्यन्तै अपायक क्षेत्रमा कायम गरिएको भन्दै शुरुवातदेखि नै विरोध गर्दै आएका छन् । 

राजनीतिक दल र स्थानीय तह प्राविधक सहयोग समितिको सफारिसमा देउराली बजारलाई केन्द्र निर्धारण गरिएको थियो तर सन्दकपुर गाउँसभाको बैठकले एक पटकका लागि स्थानीय तहको नाम र केन्द्र परिर्वन गर्नसक्ने व्यवस्था गरेपछि उनीहरूले माग सशक्त बनाउँदै आएका छन् । 

गाउँपालिका अध्यक्ष उदय राईले गाउँपालिकाको केन्द्रका विषयमा कुनै विवाद नभएको र गाउँसभाले पनि केन्द्र सार्ने निर्णय नगरेको बताउनुभयो । माबु र जमुनाका बासिन्दाले माबुमा केन्द्र सार्न माग गरे पनि गाउँसभाले देउरालीमा नै केन्द्र कायम गर्ने निर्णय गरेपछि विवाद सकिएको अध्यक्ष राईको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता