असोज ८, पर्सा । वीरगञ्ज महानगरपालिकाको ताजा मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार सबैभन्दा अग्रतामा ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ८, पर्सा । वीरगञ्ज महानगरपालिकाको ताजा मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार सबैभन्दा अग्रतामा ..."/>
2026-07-02 08:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीरगञ्ज महानगरपालिकाको महा-भिडन्त, अग्रता लिएको राजपा तेश्रो स्थानमा (अपडेट)

असोज ८, पर्सा । वीरगञ्ज महानगरपालिकाको ताजा मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार सबैभन्दा अग्रतामा संघीय समाजवादी फोरमले कांग्रेसभन्दा ११८ मतले अग्रता लिईरहेको छ । 

प्रदेश नम्बर २ कै एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरमका उम्मेदवार विजयकुमार सरावगीले सबैभन्दा बढी ९९४६ मत प्राप्त गरेका छन् भने उसकै उपमेयरकि उम्मेदवार पिन्किदेवी यादवले ९२६९ मत प्राप्त गरेकी छन् । 

त्यस्तै दोश्रो स्थानमा रहेको कांग्रेसका उम्मेदवार अजयकुमार द्विवेदीले ९८२८ मत प्राप्त गर्दा कांग्रेसकै उपमेयर शान्ति कार्कीले ११,२७५ मत प्राप्त गरेकी छिन् । उपमेयरमा भने कांग्रेसको अग्रता रहेको छ ।

त्यस्तै तेश्रो स्थानमा राष्ट्रिय जनता पार्टी (राजपा) का मेयर उम्मेदवार राजेशमान सिंहले ६९३९ मत पाएको छ भने उसको उपमेयर उम्मेदवार रम्भा मिश्राले ६०५९ मत प्राप्त गरेकी छन् ।

त्यस्तै बिरगंजमा अहिलेसम्मको मत परिणाम अनुसार माओवादीलाई केहि मतले पछाडी पार्दै एमालेका उम्मेदवार बसरूद्दीन अन्सारीले ४९३१ मत पाई चौथो स्थानमा छन् भने एमालेका उपमेयर उम्मेदवार सोफिया आचार्यले ५९३६ मत पाएकी छन् । एमालेमा उपमेयरले पाएको मत एमाले मेयरको भन्दा १००० ले बढी रहेको छ । 

त्यस्तै पाँचौं स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ४४७५ मत पाएका छन् । माओवादी केन्द्रकि उपमेयर उम्मेदवार दुर्गा क्षेत्रीले भने ३००९ मात पाएकी छन् । दुर्गाको तुलनामा रहबरलाई १४५० भन्दा बढी मत दिईएको छ । 

त्यस्तै बिरगंज महानगरको महाभिडन्तमा लोकतान्त्रिक फोरम छैटौं स्थानमा छ । उसको उम्मेदवार बिमलप्रसाद श्रीवास्तवले ३९४६ मत पाएका छन् भने उपमेयरमा रिंकु यादवले ३१६० मत पाएकी छन्  । लोकतान्त्रिक फोरमकि उपमेयर रिंकुले पाएको मत माओवादी केन्द्रकि उपमेयर उम्मेदवार दुर्गाले पाएको मतभन्दा बढी । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक