2026-07-02 08:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश दूईको मत परिणामले आत्तिनु पर्दैन: ओली

2017-09-24

असोज ८, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको प्रदेश नं २ को मत मरिणामबाट आत्तिनुपर्ने अवस्था नभएको बताउनुभएको छ । 

नेकपा (एमाले) ३ नं प्रदेश सम्पर्क संगठन कमिटीले आज पार्टी कार्यालयमा आयोजित स्मारिका विमोचन कार्यक्रममा उहाँले २ नं प्रदेशमा मत परिणाम कम आउँदैमा आत्तिनुपर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । सो स्मारिकामा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ५०औैँ वर्ष अर्थात स्वर्ण जयन्ती पैदल यात्रा–२०५५ (मदननगर, बल्खु–भँगेरी, रामेछाप) बारेका सामग्रीहरु समेटिएको छ । 

अध्यक्ष ओलीले निर्वाचनका बेलामा २ नं प्रदेशमा प्रतिकूल अवस्थामा पनि त्यति मत प्राप्त गरेको र आगामी निर्वाचनमा राम्रो मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वर्गीय नेता पुष्पलालको जन्मभूमि रामेछापको भँगेरीको राम्रो विकास गर्नुपर्नेमा जोड दिँदै कम्युनिष्ट स्थापना भएको अवसरमा यात्राका बेलाको स्मारिका निकाल्नु महत्वपूर्ण भएको चर्चा गर्नुभयो । 

एमाले नेता माधवकुमार नेपालले सत्ताको दुरुपयोग र धाँधलीपूर्ण तरिकाले २ नं प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र निराश नभईकन केन्द्र र प्रदेशको निर्वाचनमा राम्रो परिणाम ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । 

विसं २०५५ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ५०औँ वर्षका अवसरमा स्वर्गीय नेता पुष्पलालको जन्मस्थान रामेछापको भँगेरीमा एमाले पार्टी कार्यालय, मदननगर बल्खुदेखि भँगेरीसम्मको पैदय यात्रा गरिएको थियो । 

सोही यात्राको विषयलाई लिएर स्मारिका निकालिएको हो । पैदल यात्रा कमिटीका संयोजक दिव्यध्वज कार्कीको क्रियाशीलतामा सो स्मारिका प्रकाशन गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक