असोज ९, कलैया। कोल्हवी नगरपालिकामा नेकपा(एमाले)ले प्रमुख र उपप्रमुखमा विजयी भएका छन् ।
एमालेका भरत भण्डारी सात हजार ४०१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मुरलीधर चौधरीले सात हजार २०५ मत ल्याएका ल्याउनुभएको थियो ।
त्यसैगरी उपप्रमुखमा एमालेकै सुनैना चौधरीले सात हजार ३८४ मत ल्याई विजयी भएकी छिन् । उहाँको निकतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सुभ्रदा धिमालले सात हजार १७८ मत प्राप्त गर्नुभएको थियो भने माओवादी तेस्रो स्थानमा रहेको छ ।
नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको घर पनि कोल्हवी नगरपालिकामा रहेको छ । मन्त्रीको नगरमा एमालेको जित हुनु सुःखद पक्ष नभएको विश्लेषकको भनाइ छ । रासस