२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्गता भएका व्यक्तिको अधिकार र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिवद्धः सञ्चारमन्त्री खरेल

१८ मंसिर २०८२, बुधबार १३:४१

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले आज भृकुटीमण्ड परिसरमा आयोजना गरेको समारोहमा मन्त्री खरेलले सरकारले अपाङ्गमैत्री नीतिगत र संरचनागत सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । अपाङ्गता भएका व्यक्तिको सहयोगी निर्देशिका चाँडै कार्यान्वयनमा ल्याइने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“यसअघि राजनीतिक दलका नेताले गर्छु भने गरेनन् तर, म गर्छु भन्दैन । गरिसकेपछि गरेँ है भनेर भनौँला । हाम्रो देशमा गर्छु भन्ने रोग छ”, मन्त्री खरेलले भन्नुभयो ।

सञ्चारमन्त्री खरेलले सरकारकोतर्फबाट निर्देशिका कार्यान्वयनमा ल्याउने र कम्तिमा सानो रूपमा भए पनि गम्भीर रूपमा अपाङ्गता भएका नेपाली दाजुभाई दिदीबहिनीका लागि केही न केही प्रक्रियाको प्रारम्भ गरिने स्पष्ट पर्नुभयो । उहाँले सामाजिक न्याय, समता, समानता तथा विवेधरहित समाज निर्माण र सामाजिक विभेदको अन्त्य गर्न सरकार प्रतिवद्धताका साथ लाग्ने बताउनुभयो ।

सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा पनि सरकार अपाङ्गता भएका व्यक्तिको साथमा रहेको जानकारी गराइसक्नुभएकाले यसलाई अगाडि बढाउने कुरामा सरकारलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयलाई कसरी अपाङ्गमैत्री बनाउन सकिन्छ, नीतिगत र संरचनागतरूपमा कार्यान्वयन गर्न मन्त्रालय सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

‘निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेको छ’

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण वातावरण बनिसकेको र सरकार निर्वाचन गराउने प्रक्रियामा अगाडि बढिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको ६ महिने अवधिको मूख्य दायित्व फागुन २१ गते निर्वाचन सम्पन्न गर्नुपर्ने छ, निर्वाचन जसरी पनि हुँदैछ, त्यसको सम्पूर्ण वातावरण बनिसकेको छ, सरकार यसमा दृढ छ । निर्वाचनसँगै सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा सरकार दृढतापूर्वक अगाडि बढेको छ ।”

महासङ्घका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गमैत्री संरचना र नीतिगत सुधारका लागि सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाजकल्याण परिषद्, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र राष्ट्रिय अपाङ्ग कोषको संयुक्त आयोजनामा भएको कार्यक्रममा अपाङ्गता क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

यसअघि आजै बिहान सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलको नेतृत्वमा प्रभातफेरी आयोजना गरिएको थियो । खुलामञ्चबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो ।

‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन’ नाराका साथ यस वर्ष अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तरराष्ट्रिय दिवस मनाइएको छ । अपाङ्गता भएका नागरिकको हक अधिकार प्रवद्र्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो । दिवसले अपाङ्गता भएका व्यक्तिको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने तथा सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भए पनि व्यवहारिक रूपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला