२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव

२०८२, २१ मंसिर शनिबार १३:५९

काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले निद्राजन्य विकारहरू (स्लिप डिसअडर्स) को चुनौतीसँग लड्न थप सचेतनासँगै अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

आज यहाँ आयोजित नेप्लिज सोसाइटी अफ स्लिप डिसअडर्सको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनमा उहाँले पछिल्लो समय व्यस्त जीवनशैली, अस्वस्थ् खानपान, प्रविधिको बढ्दो प्रयोगलगायत कारणले निद्रासम्बन्धी विकारहरूको बढ्दै गएकाले यस्ता चुनौतीलाई समयमा नै सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपति यादवले मानसिक तनाव, बेरोजगारी, आर्थिक असुरक्षा तथा मधुमेह, उच्च रक्तचापजस्ता रोगहरूले निद्रामा गहिरो असर पारिरहेकाप्रति सचेत हुन सबैलाई सुझाव दिनुभयो । “आधुनिक जीवनशैली, सहरीकरण, मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले स्लिप डिसअडर्सको समस्या गम्भीर बन्दै गएको छ”, उहाँले भन्नुभयो, “यसले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारिहेको छ ।”

उहाँले विद्यालयदेखि समुदायसम्म निद्राको महत्त्वबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै निन्द्रसम्बन्धी समस्या समाधान गर्नेतर्फ सरोकार भएकाले पहल गर्नुपर्ने बताउनुभयो । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सङ्ख्या बढाउन, स्वास्थ्य नीतिमा निद्राजन्य विकारको पहिचान र उपचारलाई प्राथमिकताका साथै नेपालमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्दै अन्तरराष्ट्रिय सहकार्यलाई मजबुत बनाउनुपर्ने उहाँको भनाइ छ ।

“निद्राजन्य विकारले व्यक्तिगत मात्र नभई सामाजिक र आर्थिक विकासमा समेत प्रत्यक्ष असर पार्न सक्छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “नियमित र स्वस्थ जीवनशैली, ध्यान, योग, शारीरिक व्यायाम र विशेषज्ञ चिकित्सकसँगको परामर्शलाई प्राथमिकता दिएर यसका असरहरूलाई न्यूनीकरण गर्न सकिन्छ ।”

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सक तथा नीति निर्माताहरूको सक्रिय सहभागिता रहेको यस सम्मेलनले नयाँ विचार, अनुसन्धानका अवसर र सहकार्यका सम्भावना सिर्जना गर्नेसमेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला