2026-07-02 10:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारी समायोजन विधेयक पारित: पेनसनसमा नयाँ व्यवस्था

2017-10-06

असोज २०, काठमाडौं । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७४’ बहुमतले पारित गरेको छ ।

बैठकमा सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले विधेयकका विशेषताका बारेमा जानकारी गराउँदै संविधानको प्रावधान बमोजिम विधेयकमा कर्मचारी समायोजनको व्यवस्था गरिएकाले विधेयक पारित गर्न आग्रह गरेका थिए ।

बैठकमा नेकपा एमालेका सांसद रविन्द्र अधिकारीले वरपरका समूहको दबाबमा काम गर्ने अवस्था आएमा सुशासन कायम हुन नसक्ने भन्दै कर्मचारीतन्त्रमा व्याप्त राजनीतिकरणलाई रोक्न सक्ने क्षमता विधेयकमा नभएको भन्दै आलोचना गरे । उनले प्रदेश र स्थानीयमा मात्रै जान पाउने गरी संसद सेवाका कर्मचारीलाई संघमा जान नपाउने प्रावधान राखिनु गलत भएको भन्दै हटाउन माग गरे ।

राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले संसद सचिवालयका कर्मचारीले पनि सबै तहमा समायोजन हुन सक्ने गरी व्यवस्था मिलाउन माग गरिन् । कुनै विशेष निकायका कर्मचारीलाई मात्रै समायोजन हुन नदिने गरी व्यवस्था गर्नु अन्यायपूर्ण भएको बताईन् ।

एमाले सांसद रामहरि सुवेदीले खटाएको स्थानमा जान पर्ने, जो जहा पनि जान सक्ने गरि वैज्ञानिक ढंगले कर्मचारी समायोजनको व्यवस्था मिलाउनुपर्ने माग गरिन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी सांसद रुक्मिणी चौधरीले कर्मचारी सामायोजन विधेयकमा प्रदेशमा पनि लोकसेवा आयोगको व्यवस्था गर्दै एक स्थानमा बढुवा वा सरुवा भईसकेपछि अर्को स्थानमा जान नपाउने व्यवस्था अलोकतान्त्रिक भएको भन्दै खारेजीको माग गरिन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्रेड युनियनको दादागिरी अन्त्य हुनेगरी कर्मचारी समायोजन विधेयक ल्याइनुपर्ने माग गरे ।

विधेयक समायोजन भएसँगै २० वर्ष सेवा अवधी पुगेका र ५० वर्षे उमेर पुगेका कर्मचारीले एकुमष्ट ७ वर्षको तलव बराबरको पेनसनसहित अवकाश लिन पाउनेछन् ।

यसभन्दा अघि अवकाश हुने बेलाको एकतह स्वतः बढुवा अब नहुने भएको छ । कर्मचारी समायोजना भइसकेपछि ५ वर्षसम्म सरकारले खटाएको ठाउँमा अनिवार्य रुपमा बस्नुपर्नेछ । ५ वर्षपछि भने सरुवा हुनेछ ।

त्यस्तै यसअघिको संसद सेवाका कर्मचारी निजामतीमा सेवामा जान नपाउने व्यवस्थालाई खारेज गर्दै संसद सेवाका कर्मचारी नजिामती सेवामा जान पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक