2026-09-02 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीबाट एक मात्र पत्रकार भट्टराई प्रदेशमा शिफारिस

प्रेम सुनार/असोज २०, गुल्मी । गुल्मीको निर्वाचन क्षेत्र १ अन्तर्गत प्रदेश एकका लागि  प्रदेश सभा सदस्यमा गुल्मीका एक मात्र पत्रकार सिफारिस भए पछि चर्चाको शिखरमा छन् । 

पत्रकारिता संगै लामो सयम देखि नेपाली कांग्रेसको राजनीतिमा  समेत खड्दै आएका  युवा नेता तथा पत्रकार  जगदीश भट्टराईको नाम चर्चाको शिखरमा  रहेका हुन् । नेपाली का्रग्रेसको महाधिवेशन प्रतिनिधी समेत रहेका पत्रकार भट्टराई यस जिल्लाका सवै राजनैतिक दलहरु मध्ये क्रियाशिल पत्रकारहरुमा कांग्रेसबाट प्रदेश सभासद उमेदवारमा सिफारिस हुने एक  मात्र पत्रकार बनेका छन । 

४८ बर्षका युवा भट्टराई समाज रुपान्तरणका लागि सधै आफ्नो दायित्व सम्झीदै राजनीति र सामाजिक क्षेत्रमा परिचित नाम भएका कारण उनी प्रदेशसभामा शिफारिसमा परेको पार्टी श्रोतले बताएको छ ।

गुल्मी जिल्लाको र्दुगम गाउँ कालीगण्डकी गाउँ पालिकाको वडा १ हर्मिचौरको लेंकमा जन्मीएका भट्टराई समाज रुपान्तरणका क्षेत्रमा बिद्यार्थी काल देखि हाल सम्म झण्डै तीन दशक लामो सामाजिक तथा राजनैतिक अभियानमा निरन्तर लागि परेका छन् ।

उनी विगत २६ बर्ष देखि त्यस क्षेत्रमा नेपाली काँग्रेसको संगठन बिस्तारमा निरन्तर लागि रहेका छन् । त्यस भन्दा पहिला उनले प्रवासमा नेपाली बिद्यार्थी राजनीतिका साथै नेपाली पत्रकारितामा समेत निरन्तर लागि परेका कारण पनि त्यस क्षेत्रमा लोकप्रिय युवाका रुपमा चिनिएका हुन ।

 गुल्मी र पाल्पामा रहेर राजनीति संगै पत्रकारिता र समालोचना, राजनैतिक बिश्लेषकका रुपमा परिचित भट्टराई आमसंचार र समाजशास्त्रमा स्नाकोत्तर हुन । कालीगण्डकी, सत्यवती र चन्द्रकोट गाउँ पालिकाकामा संगठन बिस्तारका साथै युवा परिचालनमा भट्टराईको महत्वपूर्ण भूमिका भएका कारण पहिलो र दोस्रो संविधानसभामा उनलाई समानुपातिक तर्फ जिल्लाले शिफारिश गरेको थियो ।

नेपालका ठुला दैनिकहरु कान्तिपुर, अन्नपुर्ण पोष्ट लगायत दर्जनौ मिडिया र स्वतन्त्र रेडियोमा काम गरेको अनुभव समेत सम्हालेका भट्टराई यस क्षेत्रकै चर्चित र  क्रियाशिल संचारकर्मीका रुपमा पनि चिनिन्छन् ।

द्वन्द व्यवस्थापन र बिकासमा समेत दख्खल राखेका भट्टराई प्रजातन्त्र प्राप्तीका लागि भएको ०४६सालको आन्दोलनमा बिद्यार्थी फाँट र २०६२/०६३ लोकतन्त्र प्राप्तीको आन्दोलनमा पत्रकारिता तथा पार्टीका आन्दोलनमा सक्रिय सहभागि भए वापत धेरै पटक जेल जिवन समेत भोगी सकेका छन् । उनी निष्ठाको राजनीतिलाई पहिलो प्राथमिकता ठान्ने बताउँदै भन्छन् –‘आफुलाई  काग्रेसजनले मात्र नभई एक नम्वर प्रदेशका अन्य दलमा आश्था राख्ने जनसमुदायले समेत मत दिएर अध्याधिक मतले विजयी गराउनु हुनेछ भन्ने कुरामा बिश्वस्त छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली