२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न

२०८२, २३ मंसिर सोमबार १७:३९

काठमाडौैँ | राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले कर्जा लगानी तथा निक्षेप सङ्कलनमा उल्लेखनीय भूमिका निर्वाह गरेका ६७ वटा शाखा कार्यालयको ‘विजनेस मिट–२०८२’ सम्पन्न गरेको छ ।

चितवनको सौराहामा सम्पन्न सो कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता पहिचान तथा बैंकको तर्फबाट निभाउनुपर्ने भूमिका सम्बन्धमा बृहत अन्तक्रिया गरिएको बैङ्कका सूचना अधिकारी एवं उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा बैंकका कर्मचारीको क्षमता अभिवृद्धि गर्दै हाल बैंकमा प्रचुर मात्रामा रहेको निक्षेपलाई गुणात्मक कर्जाको रुपमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा प्रत्येक शाखाद्वारा सम्भावित ग्राहकको अवस्था सहित आ–आफ्ना कार्ययोजना पेश गरिएको थियो ।

त्यस क्रममा बैङ्क सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले व्यवसाय विस्तार योजनामा विशेष महत्वका साथ लाग्न र क्षेत्रगत सम्भावनालाई सेमेटेर व्यवसाय योजना बनाउन निर्देशन दिनुभएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री देवेन्द्ररमण खनालले हालको निक्षेपलाई अवसरको रुपमा सदुपयोग गरी कसरी गुणात्मक कर्जा वृद्धिमा रुपान्तरण गर्ने र सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य हरिकुमार सिलवाल, उपकार्यकारी अधिकृत रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, नायव प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल र रामकुमार थापा, विभागीय प्रमुख, प्रादेशिक प्रबन्धकलगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला