२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न

२३ मंसिर २०८२, सोमबार १७:३९

काठमाडौैँ | राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले कर्जा लगानी तथा निक्षेप सङ्कलनमा उल्लेखनीय भूमिका निर्वाह गरेका ६७ वटा शाखा कार्यालयको ‘विजनेस मिट–२०८२’ सम्पन्न गरेको छ ।

चितवनको सौराहामा सम्पन्न सो कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता पहिचान तथा बैंकको तर्फबाट निभाउनुपर्ने भूमिका सम्बन्धमा बृहत अन्तक्रिया गरिएको बैङ्कका सूचना अधिकारी एवं उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा बैंकका कर्मचारीको क्षमता अभिवृद्धि गर्दै हाल बैंकमा प्रचुर मात्रामा रहेको निक्षेपलाई गुणात्मक कर्जाको रुपमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा प्रत्येक शाखाद्वारा सम्भावित ग्राहकको अवस्था सहित आ–आफ्ना कार्ययोजना पेश गरिएको थियो ।

त्यस क्रममा बैङ्क सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले व्यवसाय विस्तार योजनामा विशेष महत्वका साथ लाग्न र क्षेत्रगत सम्भावनालाई सेमेटेर व्यवसाय योजना बनाउन निर्देशन दिनुभएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री देवेन्द्ररमण खनालले हालको निक्षेपलाई अवसरको रुपमा सदुपयोग गरी कसरी गुणात्मक कर्जा वृद्धिमा रुपान्तरण गर्ने र सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य हरिकुमार सिलवाल, उपकार्यकारी अधिकृत रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, नायव प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल र रामकुमार थापा, विभागीय प्रमुख, प्रादेशिक प्रबन्धकलगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला