Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिलेखालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्छः प्रधानमन्त्री

२०७४, २४ आश्विन मंगलवार ०९:३८

असोज २४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय अभिलेखालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय अभिलेखालयको स्वर्णाेत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालको एक मात्र आधिकारिक अभिलेख राख्ने केन्द्र अभिलेखालयको भवन सर्वोच्च अदालतले लिनलाई ताकेता गरेका विषयमा आफूले कुरा गर्ने र निष्कर्ष निकाल्ने बताउनुभयो । कार्यालयका महत्वपूर्ण मानिएका २५ वर्ष पुगेका अभिलेख अभिलेखालयलाई बुझाउनुपर्ने कार्यलाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो, “इतिहास, धर्म, दर्शन, हस्तलिखित ग्रन्थ कम्युटर माइक्रोफिल्मको माध्यमबाट अभिलेख व्यवस्थापन जस्तो महत्वपूर्ण कुराको संरक्षण जरुरी छ ।” 

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको अभिलेख स्वदेशी तथा विदेशीको अध्ययनका लागि महत्वपूर्ण भएको बताउनुभयो । 

अभिलेखालयलाई स्थानान्तरण गर्दा महत्वपूर्ण ग्रन्थ वा दस्तावेज नष्ट हुने हुनाले हाल भइरहेको ठाउँमा नै राख्नका लागि पहल भइरहेको बताउँदै उहाँले त्यसका लागि मन्त्रालयले पहल गर्ने आश्वासन दिनुभयो । 

अभिलेखालयका महानिर्देशक भेषनारायण दाहालले एक ठाउँबाट अर्को ठाउँमा अभिलेख सार्दा ९० प्रतिशत क्षति हुने सम्भावना भएको हुँदा सोही ठाउँमा राख्न उपयुक्त हुने बताउनुभयो । 

शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले अभिलेखालयकै लागि भनेर निर्माण गरिएको भवन भएको हुँदा अरु ठाउँमा सार्न नहुने र यसको सुरक्षार्थ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले सातौं शताब्दीदेखिका महत्वपूर्ण र ऐतिहासिक दस्तावेजका साथै विश्वकै प्रसिद्ध र दुर्लभ दस्तावेजसमेत अभिलेखालयमा रहेको जानकारी दिनुभयो । 

राष्ट्रिय अभिलेखालय सरकारका विभिन्न निकायले कार्य सञ्चालनका क्रममा सिर्जना गर्ने राष्ट्रिय महत्वका दस्तावेजको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले २०२४ साल असोज १७ गते स्थापना भएको हो । 

अभिलेखालयमा विश्वमा नै दुर्लभ प्राचीन ग्रन्थ सुरक्षित छन् । इसं ८१० को स्कन्दपुराण, युनेस्को ‘मेमोरी अफ द वल्र्ड’ रजिष्ट्ररमा सूचीकृत शैवतन्त्रको ग्रन्थ ‘निश्वासतत्तवसंहिता’, शारदा लिपिमा लेखिएको बौद्धदर्शनको ग्रन्थ ‘कारण्डब्यूह’, गिल्गीट लिपिमा लेखिएको ‘सद्धर्मपुण्डरीकसूत्र’, ‘शिवधर्म’, ‘विष्णुधर्म’ आदि अभिलेखालयमा छन् । 

त्यस्तै ताडपत्र, भोजपत्र, नीलपत्र, ठ्यासफू, नेपाली कागज, भारती कागज जस्ता विविध हस्तलिखित सामग्री सुरक्षित छन् । संस्कृत, पाली, मैथिली, नेवारी, तिब्बती आदि भाषामा लेखिएका ग्रन्थ तथा तन्त्र, दर्शन, इतिहास, वेद, कर्मकाण्ड आदि गरी अभिलेखालयमा ३० हजार हस्तलिखित ग्रन्थका मूलप्रति, करिब २० हजार अभिलेख, करिब आठ हजार तिब्बती ग्रन्थ, एक लाख ८० हजार माइक्रोफिल्म प्रति र करिब १२ हजार प्रकाशित पुस्तक छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै