2026-07-03 12:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब माओवादी केन्द्र पनि भत्किने !

असोज २५, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले माओवादी केन्द्र भत्किँने बताएका छन् । प्रचण्डले पुरानो पार्टी भत्काएर नयाँ पार्टी बनाउने आफ्नो काम भएको आफूले बिभिन्न पार्टीहरु भत्काएर नयाँ बनाएको बताए ।

आज दिउँसो नेकपा संयुक्तसँग पार्टी एकता घोषणा सभालाई सम्वोधन गर्दै प्रचण्डले आफुले पुरानो पार्टी भत्काउने र नयाँ पार्टी बनाउने गरेको बताए । उनले आन्दोलनको पुरानो रुप भत्काएर नयाँ रुप अवलम्वन गर्न आफु सक्रिय रहेको बताए । प्रचण्डले भने – ‘४६ सालको जनआन्दोलन अगाडि नेपालका बिभिन्न कम्युनिष्ट आन्दोलनका बिभिन्न घटकमध्ये एउटा घटकको महामन्त्री बन्ने अवसर प्राप्त भयो, जतिबेला महामन्त्री बनें । मेरो काम चाहिँ आफू महामन्त्री बनेको पार्टी भत्काउने नै भयो । म महामन्त्री बनेको केही महिनामै एकता केन्द्र बनेर मशाल भन्ने पार्टी भत्काएँ मैले । एकताकेन्द्र पाँच वर्ष चलाएपछि एकताकेन्द्र पनि भत्काएर माओवादी बनाएँ । १० वर्ष माओवादी जनयुद्ध भएपछि माओवादी भत्काएर एकीकृत माओवादीमा गएँ । अनि केही वर्ष एकीकृत माओवादी भए पछि त्यो पनि भत्काएर हामी माओवादी केन्द्र भएका छौं ।’

सभामा बोल्दै प्रचण्डले अब माओवादी केन्द्र पनि भत्किने र नयाँ बन्ने जानकारी गराए । प्रचण्डले बाम एकतातर्फ संकेत गर्दै अब माओवादी केन्द्र पनि भत्किएर नयाँ पार्टी बन्ने बताए । प्रचण्डले नेपालको वामपन्थी आन्दोलन आक्रामक स्थितिमा रहेको बताउँदै देशभित्र बामपन्थीको आन्दोलन रक्षात्मक नभएको भन्दै झण्डै दुई तिहाईभन्दा बढी वामपन्थी जनमत भएको देशमा बामपन्थी एकता आवश्यक रहेको जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक