2026-07-03 12:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरम लोकतान्त्रिकको क्षेत्रीय समिति माओवादी केन्द्रमा प्रवेश

असोज २६, दाङ । फोरम लोकतान्त्रिक दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय समिति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

२०७० सालको संविधानसभा चुनावका सभासद् उम्मेदवार एवं युवा संगठनका केन्द्रीय संगठन विभाग प्रमुख वीरेन्द्र चौधरीसहित फोरम लोकतान्त्रिक दाङ क्षेत्र नम्बर १ को सम्पूर्ण समिति बिहीबार माओवादी केन्द्रमा समाहित भएको हो । चौधरीले ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा चार हजार बढी मत ल्याएका थिए ।

फोरम लोकतान्त्रिक दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष आरडी यादवको अध्यक्षता एवं चौधरीको प्रमुख आतिथ्यमा बसेको क्षेत्रीय समितिको बैठकले पार्टी जनताको चाहनाअनुसार अघि बढ्न नसकेको, स्पष्ट नीति र योजनाविना राष्ट्रिय राजनीतिमा पहल लिन नसकेको र नेतृत्व व्यक्तिगत स्वार्थमा लिप्त भएको निष्कर्ष निकाल्दै माओवादी केन्द्रमा ध्रुवीकृत हुने निर्णय गरेको थियो ।

उत्पीडित वर्ग, क्षेत्र, लिंग र जातीय समुदायको प्रतिनिधित्व गर्ने विश्वासका साथ माओवादी केन्द्रको नीति विचारमा सहमति भएर त्यसमा ध्रुवीकृत हुने निर्णय गरिएको अध्यक्ष यादवले बताए ।

बैठकले ध्रुवीकरण प्रक्रिया अगाडि बढाउन र जिल्लाका अन्य कमिटीसँग पनि ध्रुवीकरणका लागि पहल गर्न यादव संयोजक रहेको कार्यदल गठन गरेको छ । जसमा अतिउल्ला मनिहार, अनिल चौधरी, जानकी चौधरी र अयोध्याप्रसाद यादव सदस्य छन् । जिल्लाका अन्य कमिटी र व्यक्तिहरुसँग पनि ध्रुवीकरणका लागि छलफल चलिरहेकाले सबैलाई समेटेर चाँडै देउखुरीमा पार्टी ध्रुवीकरणको घोषणासभा गरिने संयोजक यादवले बताए ।

पार्टीको कमिटीले नै निर्णय गरेर ध्रुवीकरण प्रक्रियामा आउनु स्वागतयोग्य भन्दै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल आचार्यले नेता कार्यकर्ताको उचित ब्यवस्थापन गर्ने बताए । जिल्लाका अन्य क्षेत्रमा पनि ध्रुवीकरणका लागि छलफल भइरहेकाले चाँडै संयुक्त घोषणासभा गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक