२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बिद्यार्थी फोरमको ‘समाजवादको यात्रा’ विमोचन

२०७४, २७ आश्विन शुक्रबार ०८:२४

चिसाङ शेर्पा | असोज २७, खोटाङ | संघिय समाजवादी विधार्थी फोरम नेपाल खोटाङको ‘समाजवादको यात्रा’ नामक वार्षिक पत्रिकाको विमोचन गरिएको छ । विहिवार दिक्क्तेलस्थित होटल व्लोसममा रुपाकोट मझुवागढी नगरपालिका पाँच लफ्याङका वडाध्यक्ष निर्मल राई र नगरपालिकाकै वडा नम्बर दशका वडाध्यक्ष मुगाधन राईले संयुक्त रुपमा पत्रिकाको विमोचन गरेका हुन् । विमोचनसंगै प्रथम चरणमा जिल्लामा पत्रिकाको प्रकाशन शुरु भएको छ ।


पत्रिकामा रविन्द्र राई सम्पादक, फनिन्द्र राई कार्यकारी सम्पादक, गोमा राई, हेमकुमार राई र कविता राई सह– सम्पादकमा रहेका छन् । व्यवस्थापकमा आस्ना राई (संगीता) अनिशा राई, राजेश राई, अरुणा रानामगर र विश्वचन्द्र राई तथा विजय राई अतिथि सम्पादक रहेका छन् ।  

संघिय समाजवादी फोरम नेपाल खोटाङको भातृ संगठन ‘समाजवादी विधार्थी फोरम नेपालको अथक प्रयास तथा सहयोगी, शुभेच्छुकको सहयोगमा समाजवादी विधार्थी फोरम खोटाङको मुखपत्र प्रकाशन शुरु गरिएको प्रधान सम्पादक तथा समाजवादी विधार्थी फोरम नेपाल जिल्ला समिति खोटाङका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज रबिन खम्बुले बताउनुभयो ।’

खम्बुले भने ‘पत्रिकाले विशेषतः संघिय समाजवाद शिक्षा भनेको के हो ? यसका वैचारिक ज्ञानहरु के–के हुन् भन्ने वारेमा प्रष्ट पार्न तथा मुलुकलाई समाजवादको वाटोमा डोर्याउन मद्दत गर्छ ।

संघिय समाजवादी विधार्थी फोरम नेपाल खोटाङको गतिविधीलाई प्राथमिकतामा राखी प्रकाशन गरिने पत्रिकाको शुरुवाती अंकमा संघिय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, भीम राई, दान बहादुर विश्वकर्मा, राधा तिमिल्सिना, विवेक राई, ध्यान बहादुर राई, वरिष्ठ साहित्यकार राजन मुकारुङ, टंक बहादुर थापा, निर्मल राई तथा संगीता राईका राजनीतिक विश्लेषणात्मक लेख, सांगठनिक गतिविधि, व्यतmी परिचयजस्ता लेखहरु प्रकाशित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त