काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुको अभिमुखिकरण प्रशिक्षण कार्यक्रममा पार्टी सभापति रवि लामिछाने पनि पुगेका छन् । लामिछाने ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा रास्वपाले आयाेजना गरेकाे सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका हुन् ।
लामिछानेले आज समापान कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको छ । हिजो उद्घाटन सत्रमा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाह अनुपस्थित थिए । शाह भने आज पनि कार्यक्रममा नजाने भएका छन् ।कार्यक्रम आज समापन हुँदैछ ।