२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा ७ दलको उम्मेदवारी, एमालेका दुइ उम्मेदवार वागी

२०७४, ५ कार्तिक आईतवार १४:१३

सम्राट सिंह | कात्तिक ५, बझाङ | पहिलो चरणमा निर्वाचन सम्पन्न हुने यस जिल्लामा ७ दलले प्रतिनिधि सभा र प्रदेश सभाको लागी उम्मेदवारी दर्ता गराएका छन । एमालेबाट टिकट वितरणमा रुष्ट पक्षबाट दुइजनाले बागी उम्मेदवारी दर्ता गराएका छन । 

बाम गठबन्धनको संयुक्त जुलस र नेपाली काङगे्रसको एकल जुलुसले बजार परिक्रमा गरे पछि दुबै दलले उम्मेदवारी दर्ता गरेका थिए । भने साना दल र स्वतन्त्र उम्मेदवारहरुले पनि जुलुस सहित उम्मेदवारी दर्ता गराएका थिए । नेकपा एमालेको टिकट वितरण प्रक्रियाबाट असन्तुष्ट २ जनाले बागी उम्मेदवारी दर्ता गराएका छन । एमालेको तर्फबाट गोपालबहादुर खड्काले प्रतिनिधी सभा र शेरबहादुर बोहराले प्रदेश सभा निर्वाचन क्षेत्र नं १ को लागी बागी उम्मेदवारी दिएका छन । 

उम्मेदवार सिफारिसका क्रममा एमालेको निर्वाचन क्षेत्रिय कमिटिमा भएको निर्वाचनमा बढी मत पाउनेलाई टिकट नदिएर कम मत पाउनेलाई केन्द्रले टिकट दिएको प्रति एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर सिंहं लगायतका केही नेता रुष्ट भएका छन ।  यस्तै अन्तिम अवस्थामा टिकट केन्द्रिय सदस्य भैरब बहादुर सिंहले पाए पछि पूर्वमन्त्रि भानुभक्त जोशी समर्थक कार्यकर्ताहरु पनि रुष्ट भएको बताइन्छ । 

बागी उम्मेदवारी दर्ता गर्दै प्रतिनिधी सभाको लागी बागी उम्मेदवारी दिएका गोपाल खड्काले लोकतान्त्रिक पार्टी भन्ने तर लोकतान्त्रिक अभ्यासको कदर नभएका कारण आफुले बागी उम्मेदवारी दिनु परेको बताए । 

उम्मेदवार सिफारिसका क्रममा नेकपा एमालेको निर्वाचन क्षेत्रिय कमिटिमा भएको निर्वाचनमा प्रदेश सभाको लागी  जिल्ला अध्यक्ष दिलबहादुर सिंहले ४७ मत र अजूर्न थापाले २४ मत प्राप्त गरेका थिए । एमालेले कम मत प्राप्त गर्ने थापालाई टिकट दिएको भन्दै अध्यक्ष समर्थक कार्यकर्ताहरु रुष्ट भएका हुन । 


बाम गठवन्धनको तर्फबाट प्रतिनिधि सभाको लागी भैरबहादुर सिंह र नेपाली काङग्रेसका तर्फबाट पृथ्वीबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन । भने प्रदेश तर्फ एमालेका अर्जुन बहादुर थापाले क्षेत्र नं १ र क्षेत्र नं २ मा माओवादी केन्द्रका तर्फबाट देवकी मल्लले उम्मेदवारी दर्ता गराएका छन । यस्तै नेपाली काङग्रेसबाट प्रदेश सभाको लागी चन्द्रा जोशी ले क्षेत्र नं १ बाट र पुर्वराज्य मन्त्री नरेश बहादुर सिंहले क्षेत्र नं २ वाट उम्मेदवारी दर्ता गराएका छन । 

उम्मेदवारी दिने अन्य दलहरुमा विवेकशिल साझा पार्टीबाट जिल्लाका अग्रज पत्रकार तथा साइपाल एफएमका अध्यक्ष मिनबहादुर सिंहले प्रतिनिधी सभाको लागी उम्मेदवारी दिएका छन । विवेकशिल साझा कै मोहन बहादुर सिंहले प्रदेश सभा क्षेत्र नं १ र रविन्द्र बमले क्षेत्र नं २ को लागी उम्मेदवारी दर्ता गराएका छन । 

नयांं शक्ती नेपालले प्रतिनिधी सभाको लागी जोगी कुंवरलाई उम्मेदवार बनाएको छ भने प्रदेश सभाको लागी क्षेत्र नं १ बाट डम्मर रावल र २ वाट कलकबहादुर रोकायालाई उम्मेदवार बनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट प्रतिनिधी सभाको उम्मेदवार विश्व प्रकास जेठारा भएका छन भने प्रदेश सभाको क्षेत्र नं १मा जगतबहादुर सिंह र २ बाट तारादत्त पण्डितले उम्मेदवारी दर्ता गराएका छन । 

यस्तै संघिय समाजबादी फोरमका भिम बहादुर थापा र देश भक्त जनगणतान्त्रिक मोर्चाका धरणिधर नाथले प्रतिनिधी सभाको लागी मात्र उम्मेदवारी दिएका छन ।  

प्रतिनिधी सभाको लागी १ निर्वाचन क्षेत्र रहेको बझाङमा कुल १ लाख ४ हजार २ सय ७५ मतदाता रहेका छन । यस अघि भएको स्थानिय तहको निर्वाचनमा १२ वटा तह मध्य ८ वटामा एमाले र ४ वटामा नेपाली काङग्रेसले जितेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो