2026-07-03 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा ४१ जना महिला उम्मेदवार

कत्तिक ६, काठमाडौँ | (रासस) | पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ४१ जना महिलाले उम्मेदवारी दिनुभएको छ । यसमध्ये प्रतिनिधि सभामा १८ र प्रदेश सभाका लागि २३ जना महिला हुनुहुन्छ । 

निर्वाचन आयोगका अनुसार कूल ३२३ ले प्रतिनिधि सभा र ४८४ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारको मनोनयन पत्र भएको छ । 

आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)बाट प्राप्त पछिल्लो विवरणअनुसार नेपाली काँग्रेसले १०३, नेकपा (एमाले) ले ६२, नेकपा (माओवादी केन्द्र)ले ४९ जना उम्मेदवार उठाएको छ । 

यसैगरी, नयाँ शक्ति पार्टी नेपालले ८१, संघीय समाजवादी फोरम नेपालले ५५, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ४३, जन समाजवादी पार्टी नेपाल २४, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र मंगोलियन नेशनल अर्गनाइजेशनले ३८ जना उम्मेदवारलाई प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएका छन् । 

प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि हुने निर्वाचनमा आठवटा राजनीतिक दलले एक/एक स्थानमा उम्मेदवारी दिएका छन् । 

त्यस्तै, मनोनयन दर्ता गराउने स्वतन्त्र उम्मेदवारको सङ्ख्या ११२ रहेको छ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदातालाई मताधिकार रहेको छ । 

कात्तिक ५ गते उम्मेदवारी मनोनयन दर्ता गराएका उम्मेदवारमाथि उजुरी कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । 

कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक