२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेससँग तालमेल गरेको भन्दै नयाँ शक्तिका केन्द्रीय सल्लाहकारद्वारा राजीनामा

२०७४, ६ कार्तिक सोमबार १३:५९

कात्तिक ६, जुम्ला |(रासस) | नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य रामकृष्ण बुढ्थापाले पार्टीबाट राजीनामा दिनुभएको छ । 

बुढ्थापाले कात्तिक ५ गते मनोनयन दर्ताको दिन पार्टीबाट राजीनामा दिनुभएको हो । उहाँले यसअघि नयाँ शक्तिबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिनुभएको हो । पार्टीको सिद्धान्त समाजवाद उन्मुख नभएको र प्रजातान्त्रिक धारको काँग्रेससँग तालमेल गरेका कारण आफूले नयाँ शक्तिबाट साधारण सदस्यसम्म नरहने गरी राजीनामा दिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मैले नयाँ शक्ति पार्टीमा मात्र सीमित नभई नेपालका सम्पूर्ण वामपन्थीको सल्लाहकार हुन चाहेको छु ।” 

यद्यपि अहिले स्वतन्त्र वामपन्थी बुद्धिजीवीको भूमिकामा काम गर्ने उहाँले बताउनुभयो । त्यसका साथै अब वामपन्थीले गर्ने कामको असल समीक्षक गरिने उहाँको भनाइ थियो । 

संसद्ले ऐन कानून बनाउने भए पनि अब बन्ने सरकार जनताबाटै चुनिनुपर्नेमा उहाँको जोड थियो । बुढ्थापाले जिल्ला समितिमार्फत केन्द्रीय समितिमा राजीनामा स्वीकृतिका लागि पत्र पठाइएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ