९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेससँग तालमेल गरेको भन्दै नयाँ शक्तिका केन्द्रीय सल्लाहकारद्वारा राजीनामा

६ कार्तिक २०७४, सोमबार १३:५९

कात्तिक ६, जुम्ला |(रासस) | नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य रामकृष्ण बुढ्थापाले पार्टीबाट राजीनामा दिनुभएको छ । 

बुढ्थापाले कात्तिक ५ गते मनोनयन दर्ताको दिन पार्टीबाट राजीनामा दिनुभएको हो । उहाँले यसअघि नयाँ शक्तिबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिनुभएको हो । पार्टीको सिद्धान्त समाजवाद उन्मुख नभएको र प्रजातान्त्रिक धारको काँग्रेससँग तालमेल गरेका कारण आफूले नयाँ शक्तिबाट साधारण सदस्यसम्म नरहने गरी राजीनामा दिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मैले नयाँ शक्ति पार्टीमा मात्र सीमित नभई नेपालका सम्पूर्ण वामपन्थीको सल्लाहकार हुन चाहेको छु ।” 

यद्यपि अहिले स्वतन्त्र वामपन्थी बुद्धिजीवीको भूमिकामा काम गर्ने उहाँले बताउनुभयो । त्यसका साथै अब वामपन्थीले गर्ने कामको असल समीक्षक गरिने उहाँको भनाइ थियो । 

संसद्ले ऐन कानून बनाउने भए पनि अब बन्ने सरकार जनताबाटै चुनिनुपर्नेमा उहाँको जोड थियो । बुढ्थापाले जिल्ला समितिमार्फत केन्द्रीय समितिमा राजीनामा स्वीकृतिका लागि पत्र पठाइएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो