९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रतिनिधि र प्रदेशसभा निर्वाचनले खोटाङमा चुनावी रौनक बढायो

६ कार्तिक २०७४, सोमबार १८:२१

चिसाङ शेर्पा | कात्तिक ५, खोटाङ | मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि खोटाङमा दश दलले उम्मेदवारी दिएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङमा मनोनयन दर्ता गराउँने पार्टीहरुमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेकपा (माले), राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ती पार्टीबाट र मङ्गोल नेश्नल अर्गनाइजेशन रहेको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस किशोर घिमिरेका अनुसार एमालेबाट प्रतिनिधिसभाका लागि विशाल भट्टराईको उम्मेद्वारी परेको छ । माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको एमालेले प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट राजन राई र क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका रामकुमार राई (पासाङ)को उम्मेदवारी दर्ता भएको छ ।


प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कांग्रेसबाट प्रतिनिधिसभाका लागि सरस्वति बजिमय र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट सुवाशकुमार पोखरेल र क्षेत्र नम्बर २ बाट बिष्णुकुमार राईले उम्मेद्वारी दर्ता गराउनुभएको छ । 

संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभाका लागि डाक्टर कृष्णकुमार राई र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट नविन राई र क्षेत्र २ बाट टंक थापाले उम्मेदवारी दिनुभएको छ । नयाँ शक्ति नेपालबाट प्रतिनिधिसभाका लागि मदन राई तथा प्रदेशसभामा क्षेत्र नम्बर १ बाट मोहन गुरुङ र क्षेत्र नम्बर २ बाट मणि राईको उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ । 

राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभाका लागि विश्वास राई, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट धर्मराज पोखरेल र राष्ट्रिय जनमुक्ती पार्टीबाट गोकर्ण राईले उम्मेदवारी दिनुभएको छ । नेकपा मालेबाट क्षेत्र नम्बर १ बाट नेत्रबहादुर कटुवाल र क्षेत्र नम्बर २ बाट कुलप्रसाद शर्मा फुयाँलले उम्मेद्वारी दर्ता गराउनुभएको छ । मालेबाट प्रतिनिधिसभाका लागि उम्मेद्वारी परेको छैन । 

मङ्गोल नेश्नल अर्गनाइजेशनबाट बीरलाल राईले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएको छ । जिल्लामा चुनावी तालमेल गरेको एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको उम्मेद्वारमा एमाले र माओबादी केन्द्रले प्रदेश सभामा राजन राई र रामकुमार राई रहेका छन् भने प्रतिनिधी सभाका लागि बिशाल भट्टराईलाई उम्मेद्वारी बनाई एक र दुई सिट बाँडफाट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो