2026-09-30 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नयाँ पुस्ताको सोच र प्रविधि अपनाएर अघि बढौँ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८३ को सुखद अवसरमा सबै नेपालीमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना व्यक्त गरेकी छन्। शुभकामना सन्देश जारी गर्दै उनले नयाँ वर्षले विगतका असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउन प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले विशेष गरी नयाँ पुस्ताको सक्रिय सहभागिता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत राजनीतिक दलहरूलाई समयानुकूल रूपान्तरण गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताएकी छन्। उनले समर्पण, व्यापक एकता र सकारात्मक सोचका साथ पुनः जनताको विश्वास जित्ने दृढ संकल्पसहित अघि बढ्न सबैमा आह्वान समेत गरेकी छन्।

आफ्नो सन्देशमा उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले देशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल ल्याएको उल्लेख गरेकी छन्। निर्वाचनमार्फत प्रकट भएको जनताको भावना, अपेक्षा र असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने उनको ठम्याइ छ। जनमुखी कार्यक्रम एवं कार्यशैलीलाई प्राथमिकतामा राखेर अघि बढ्नु नै अहिलेको राजनीतिक नेतृत्वको मुख्य दायित्व हुनुपर्ने सन्देश उनले दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल हरेक युवालाई सिक्ने, अघि बढ्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ : श्रममन्त्री यादव दुर्गा प्रसाई पक्राउको कारण पेस गर्न सर्वोच्चको आदेश प्रतिनिधिसभाबाट पाँच विधेयकसम्बन्धी निर्णय, बैठक बिहीबारसम्म स्थगित कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा समूहले निर्वाचन आयोगलाई बुझायो कार्यतालिका सरकारको कार्यशैलीप्रति महेन्द्र शाहीको असन्तुष्टि, ‘ट्रयाक छोडेर हिँडे दुर्घटना निम्तिन्छ’ प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता