२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा माओवादीको बागी उम्मेदवारी फिर्ता

२०७४, ८ कार्तिक बुधबार १०:२२

कात्तिक ८, मुगु । वाम गठबन्धनका बागी उम्मेदवारहरुले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् ।

गत आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका उम्मेदवारहरुले वाम गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

मुगुमा माओवादीका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेका नेता शुरबहादुर बुढा, प्रदेश ‘क’ बाट दर्ता गराएका केबलबहादुर शाही र प्रदेश ‘ख’ बाट उम्मेदवारी दर्ता गरेका मंगलबहादुर शाहीले फिर्ता लिएका हुन् ।

पार्टीले गठबन्धन विरुद्ध उम्मेदवारी दिनेलाई पाँच वर्षसम्मका लागि कारर्वाही गर्ने चेतावनी दिएपछि पार्टीका सबै उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको पोलिटव्यूरो सदस्य मगंलबहादुर शाहीले बताए ।

अब मुगुमा माओवादीले सूर्य चिन्हमा मतदान गर्ने छ ।

बाम गठबन्धनको सिट बाडफाडँमा मुगुमा माओवादीको सिट शून्य भएपछि गठबन्धन विरुद्ध प्रदेशसभा र प्रतिनिधिसभाको लागि माओवादी केन्द्रका नेताहरुले मनोनयन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ