Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिक मतपत्र छापियो, प्रत्यक्षको आजबाटै सुरु

२०७४, १० कार्तिक शुक्रबार ०८:२५

कात्तिक १०, काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतपत्रको बारेमा सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने बताउनुभएको छ । 

आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि शुक्रबार आयोजित निर्वाचन र सुरक्षा विषयक दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्दै उहाँले भन्नुभयो– ‘समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ, आजैबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ सुरु हुनेछ ।’  

व्यवस्थापकीय र प्राविधिक दृष्टीकोणबाट ज्यादै जटिल भए पनि राष्ट्रको आवश्यकता, राजनीतिक दलको सहमति र सरकारको आग्रहमा दुुवै चुनाव एकैसाथ गर्न आयोगले सहमति जनाएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘निर्वाचनका बारेमा आलोचना, प्रतिआलोचना र अनुमानको कुरा आइरहेकोछ, निर्वाचनको वातावरण अस्थिर तुल्याउने काम कही कतैबाट नहोस्, निर्धारित समयमै निर्वाचन गर्न हामी प्रतिबद्ध छौँ ।’ 

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्धारित मितिमै निर्वाचन गर्ने सन्दर्भमा पहिलो चरणको निर्वाचनको उम्मेदवारको मनोनयन र निर्वाचन चिन्ह प्रदान भई प्रचारप्रसारको काम सुरु भइसकेको, समानुपातिकतर्फको मतपत्र छाप्ने काम पूरा भएको, दोस्रोचरणको लागि समेत निर्वाचन अधिकृतको कार्यलय खोलिसकिएको हुँदा विश्वासका साथ निर्वाचन सञ्चालन गर्न आयोग अघि बढेकाले अन्यौलको वातावरण नरहेको स्पष्ट गर्नुभयो । 

चुनाव तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न गराउन प्रधानमन्त्रीले पटक/पटक प्रतिबद्धता जाहेर गर्नुभएको प्रशंग उल्लेख गर्दै उहाँले सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै मतपत्रका सम्बन्धमा आयोगले गठन गरेको समितिको सुझावका आधारमा आयोग अघि बढेको जानकारी दिनुभयो । 

उहाँले अदालतको पछिल्लो आदेश औपचारिकरूपमा आयोगमा प्राप्त भइनसकेको बताउनुभयो । पहिलो चरणको उम्मेदवारी मनोनयनका सिलसिलामा राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सरहाहनीय रहेको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनका समयमा हुनसक्ने लोभ, लालच, डर÷धम्की जस्ता क्रियाकलाप रोक्न तथा आचारसहिताको पालना गर्ने विषयमा सुरक्षाकर्मीलाई व्यवसायिक मर्यादाभित्र रहेर काम गर्न निर्देशन दिनुभयो । 

निर्वाचन आयुक्त सुधीरकुमार शाहले यो वर्ष चुनाव वर्ष भएकाले अहिलेको राष्ट्रिय लक्ष्य भनेको नै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराइ संविधान कार्यान्वयनको लागि मजबुत जग स्थापना गर्नु हो भन्नुभयो । 

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचारप्रसारको क्रममा छिमेकी देशबाट उम्मेदवारले भाडामा सवारी साधन ल्याई प्रयोग गर्ने कार्य पूर्णरूपमा नियन्त्रण गर्न निर्देशन दिँदै आयुक्त शाहले भन्नुभयो– ‘निर्वाचनको क्रममा कुनै पनि सुरक्षाकर्मीप्रति औंला ठड्याउने अवस्था नआओस्, आ–आफ्नो उच्च व्यावसायिक मर्यादामा रहेर राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्नुहोस् ।’ 

गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले प्रशिक्षणमा सिकेका कुरा तल्लो तहसम्म पुु¥याएर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो । 

निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचन र सुरक्षा एक अर्काका पुरकको रूपमा रहने भएकाले निर्वाचनलाई सफल तुल्याउन सुरक्षा निकायबीच निरन्तर सञ्चार, समन्वय र सहकार्य हुन आवश्यक छ भन्नुभयो । 

आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले चुनावको तयारी ७५ प्रतिशतभन्दा बढी पूरा भएको जनाउँदै सुरक्षाकर्मीबिच समान धारणाका साथ निर्वाचनमा सुरक्षा प्रदान गर्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

प्रशिक्षणमा रक्षा तथा गृहमन्त्रालयका अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सहित ६३ जनाको सहभागिता छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै